सचिन रानाभाट
जेठ २०, लेखनाथ
‘माया दर्शाउनुहोस, रक्तदान गर्नुहोस’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाईटी पोखरा २६ तथा राखी युवा रेडक्रस सर्कल पोखरा २६ संयुक्त आयोजना बृहत रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ।
विश्व रक्तदाता दिवसको अवसर पारेर शनिवार भाट समाज भवन पोखरा २६ कालिका चोकमा आयोजित कार्यक्रममा पहिलो रक्तदाता रमेश राज ढुङ्गानालाई ब्लड ब्याक हस्तान्तरण गर्दै प्रमुख अतिथि एवं पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका थिए।
थापाले यो महान कार्य प्रति धन्यवाद दिदै यस्तो मानबिय कार्यमा हरेक ब्यक्तिले रगतदान गरि रगत अभाब हुनबाट सहयोग गर्न अनुरोध समेत गरेका थिए। समाजमा रेडक्रसले मात्र नभई अन्य सामाजिक संस्थाले पनि गर्नु पर्ने उनले बताए।त्यस्तै बिशिष्ट अतिथि नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डण्डराज शर्माले मानबिय सेवामा रेडक्रस निरन्तर लागि परेको बताए ।
युवा सर्कलका अध्यक्ष बिकास रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पोखरा २६ उपशाखाका सभापति शैलेन्द्र मोहन भट्टराई, युवा सर्कलका निबर्तमान अध्यक्ष सन्दिप ढुङ्गाना, शिक्षासेवि रबि बराल, सामाजिक ब्यक्तित्व शिव बहादुर रानाभाट, नेरसो जिल्ला शाखा कास्कीका जुनियर तथा युवा समिती संयोजक रमेश भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए।
युवा सर्कलका सहसचिव विशाल राजभाटले रेडक्रसका सात सिद्दान्त वाचन गरेका थिए भने सर्कलका उपाध्यक्ष एवंम कार्यक्रम संयोजक सूर्य चन्द राजभाटले स्वागत मन्तव्य राखेकाको कार्यक्रमको संचालन सचिब तृप्ति भण्डारीले गरेकी थिईन् ।
राखी युवा रेडक्रस सर्कलले आफ्नो वार्षिक रेडक्रम मैत्री क्यालेण्डर निकालेर विभिन्न कार्यक्रम गर्दै आईरहेको छ। सस्थाले यस अघि स्टेशनरी बितरण, बिमा सम्बन्धि कार्यक्रम, क्यालेण्डर बिमोचन, शुभकामना आदान प्रदान लगायतका काम गरेको छ भने आँखा शिविर, नेतृत्व बिकाश सम्बन्धि कार्यक्रम, जेष्ठ नागरिक सम्मान तथा फलफुल बितरण कार्यक्रम आयोजना गर्ने बताएको छ।
Discussion about this post