• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा महानगरपालिका वडा नं २६ को वार्षिक समिक्षा एवं योजना तर्जुमा कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
May 27, 2023
in समाचार, स्थानीय
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १३ जेठ । पोखरा महानगरपालिका वडा नं. २६ को वार्षिक समिक्षा एवं आर्थिक वर्ष २०८०/०८१ का लागि योजना तर्जुृमा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा वडाध्यक्ष नरेन्द्र थापाले वडाभित्र गर्नुपर्ने विभिन्न योजनाहरुको लागी योजना बैंकको स्थापना गरि विज्ञ सल्लाहकारको टिम बनाएर राजनितिक वा अन्य कुनैपनि विभेद नगरी प्राथमिकताको आधारमा वजेट विनियोजन गर्ने गरेको र त्यसको प्रतिफल अहिले वडावासीहरुले महशुस गर्न पाएको वताए ।

उनले महानगरका ३३ वटा वडामध्ये वडा नं। २६ मा सबैभन्दा धेरै वजेट भित्राउन सफल भएको, उत्कृष्ट योजना सम्पन्न गरी पुरस्कृत हुन सफल भएको र काम हुन नसकेर नभई महत्वका आधारमा एउटा मात्रै शिर्षकमा रकमानन्तर भएको वताउँदै, आगामी दिनमा अझै अहोरात्र खटेर वडाको विकासको लागी प्रतिबद्ध हुने उल्लेख गरे ।

अध्यक्ष थापाले सम्पुर्ण वडावासीहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको वताएका छन । उनले १ वर्षको लागि १८ करोड ६५ लाख रुपैया विनियोजन गरिएको उल्लेख गर्दै झण्डै ८० प्रतिशत काम सम्पन्न भएको उल्लेख गरे । विनियोजित रकमबाट बैशाख मसान्तसम्म ६० प्रतिशत र जेठको दोश्रो हप्तासम्म थप २० प्रतिशत योजनामा प्रगती भएको र असार मसान्तसम्म लक्षित बजेटबाट पुरै काम हुने अध्यक्ष थापाले बताए ।

वडामा सडक कालोपत्रे, ढल र नाला निर्माणका कामले तिव्रता पाएको उल्लेख गर्दै, सवै टोल र वडामा पक्की सडक पुर्याईएको उल्लेख गरे । अध्यक्ष थापाले वडा, महानगर र प्रदेश सरकारको समेत बजेटबाट विभिन्न क्षेत्रमा गरी १ सय २९ योजना सम्पन्न भएको जानकारी दिए । अघिल्लो आर्थिक बर्षमा वडाभेला गरी योजना संकलन गरिएको र ती योजना बैंक स्थापना गरी कार्यन्वयन गरिदै लगिएको पनि अध्यक्ष थापाले बताए ।

योजना बैंकमा ३ सय ४० योजना रहेकोमा एक सय २९ योजनाको कार्य सम्पादन भएको बताउँदै, अध्यक्ष थापाले आ।ब। २०८०/०८१ मा थप योजनालाई योजना बैंकमा समावेश गरी कार्यान्वयन गरिदै जाने बताए । अध्यक्ष थापाले भौतिक पूर्वाधार बाहेक प्रशासनिक सेवालाई जनताको घरदैलोमा पुर्याएको उल्लेख गर्दै, योजना छान्न वडा भेला गरिएको, जेष्ठ नागरिकको भत्ता नविकरण टोल/टोलमा पुगेर गरिएको, जेष्ठ नागरीक, अपाङ्गलाई टोल टोलमा पुगेर सहायता सामाग्री बितरण गरिएको र वडा कार्यालय भवनको सुधार गरी एकद्धार प्रणालीबाट जनताको सिफारिस र सेवा प्रवाह गरिएको उल्लेख गरे ।

वडा अध्यक्ष थापाले आगामी आर्थिक बर्षका लागि समेत ३६ वटा योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले अन्तराष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, अतिक्रमित सडकको मापदण्ड लागु गरी अवैध संरचना हटाउने, वडा कार्यालयको प्रशासनिक भवनका लागि जग्गा प्राप्ती र भवन निर्माण, कृषि उत्पादनको पकेट क्षेत्र तोक्ने, पहाडी भागलाई शहरीकेन्द्रसँग जोड्ने गरी सडक निर्माण लगायतका योजनालाई प्राथमिकता दिईने उल्लेख गरे ।

वडा अध्यक्ष थापाले सामुदायीक बनहरुलाई बाँदर मैत्री बनाउन कटुस, दमौरो, अँगेरी ऐसुलु तिजुका रुख कटान रोकी बनउपभोक्ता समितिसँगको सहकार्यमा फलफुलका विरुवा रोप्ने अभियान गरिने, वडामा रहेका पुराना चौतारा, खानेपानीका मुहानहरुको संरक्षण र सम्बद्र्धन गरिने योजना आगामी आर्थिक बर्षमा समेटिने उल्लेख गरे ।

थापाले सोतो चोक, तल्लो कडेनी, कालिकाचोक, भित्रीखेत, सिमलपोखरा, लक्ष्मी मा.वि. हुँदै गडुवा खोलासम्म नाला निर्माण गरी डुवानको समस्या समाधान गर्ने योजना रहेको उल्लेख गर्दै, कालिका-मिजुरे सडकलाई स्तरिय बनाउनका लागि महानगर, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने बताए ।

जग्गा बाझो राख्ने कार्यलाई निरुत्साहित गर्दै, बाँझो जग्गा राख्ने जग्गाधनीको जग्गामा कृषि व्यवसाय गर्न इच्छुक किसानका लागि जग्गा उपलब्धता गराउन वडास्तरिय कृषि सञ्जाल मार्फत सहजीकरण गरिने उल्लेख गर्दै अध्यक्ष थापाले वडावासीहरुलाई तरकारीमा आत्मनिर्भर बनाउन कौशीखेतीका लागि प्रोत्साहन गर्ने गरी योजना बनाईने समेत बताए ।

कार्यक्रममा वडाध्यक्ष थापाले आफु निर्वाचित भएर आएको १ वर्ष पुगेकोमा निर्वाचित गराउने सम्पुर्ण वडावासीहरुलाई धन्यवाद व्यक्त गर्दै आफु नेपाली काँग्रेसबाट निर्वाचित भएर आएको भएपनि सम्पुर्ण वडावासीहरुको माया र सदभाव पाउन सफल भएको वताएका छन ।

समिक्षा एवं आगामी आर्थिक बर्षको योजना तर्जुमा कार्यक्रममा बोल्दै पुर्व कानुन मन्त्री एवं नेपाली काँग्रेसका नेता यज्ञ बहादुर थापाले वडा नं. २६ मा यो वा त्यो पार्टी नभनी महानगरकै वडाहरुमध्ये ठुलो वजेटका साथ विकासको गतीले तिव्रता लिएको कार्य स्याबासी दिने खालको भएको वताउँदै यो स्याबासी बाट नपुलपुलीकन आगामी दिनमा अझै मेहनत गर्न जनप्रतिनिधिहरुको सिंगो टिमलाई आग्रह गरे ।

उनले अहिलेको वडा समितिको टिमले महानगरकै उत्कृष्ट वडाको रुपमा विकास निर्माणका कार्यहरु गर्न सकेकोमा धन्यवाद व्यक्त गर्दै अझै उत्साह, जाँगर, संकल्प र अठोटका साथ अगाडी वढ्न आग्रह गरे । मन्त्री, सांसद हुँदा आफुले सोचेका कतिपय कुराहरु साकार भएको र अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउनको लागि आफुले ठुलो मेहनत गरेको स्मरण गर्दै अब वडाको पहलमा उक्त योजना सफल बनाउन सकिने समेत विश्वास व्यक्त गरे ।

यस्तै साविक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिग्राम पौडेलले यस क्षेत्रको विकासको लागी ७ तालको अवधारणाको विषयमा प्रष्ट पार्दै समृद्धि र पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका थिए । उनले लेखनाथ नगरपालिका पोखरामा मिसाईपछि केही अप्ठेरो परेको बताउँदै यसलाई पुर्नस्थापित गर्न सकिन्छ भने गर्न उपयुक्त हुने वताएका थिए ।

उक्त अवसरमा पोखरा महानगरपालिका योजना शाखाका प्रमुख कृष्ण तिवारीले वडा नं २६ महानगरकै धेरै बजेट भित्राउन सफल वडा भएको वताउँदै भौतिक विकासमा मात्रै जोड नदिई स्थानिय कला, संस्कृति, सभ्यता, संस्कारको जर्गेना गर्दै ज्ञान, सिप र दक्षताको विकासमा पनि ध्यान पुर्याउनुपर्ने वताएका थिए ।

नेकपा माओवादी केन्द्रका नेता झलकपाणी तिवारीले २०६२/०६३ सालको परिवर्तन पछि जनताको अधिकारको अभ्यास वडास्तरसम्म भएको उल्लेख गर्दै, भौतिक बिकासलाई मात्र बिकासका रुपमा लिन नहुने उल्लेख गर्दै, रोजगारी, शिप, दक्षता र आत्मनिर्भर हुने गरी योजना बनाउन सुझाव दिए ।

कार्यक्रममा पूर्व न्यायाधिस बासुदेव न्यौपानेले विकासको बजेटमा रेखदेख र खवरदारी रहनु पर्ने उल्लेख गर्दै, कामको गुणस्तरतामा ध्यान दिन समेत आग्रह गरे । कार्यक्रमका सहभागीहरुले महिला स्वास्थ्य स्वर्य सेविकाहरुको समस्यालाई महानगर स्तरबाट सम्बोधन गर्नुपर्ने, विभिन्न जानजातीहरुको पर्व, भाषा, संस्कृतिको संरक्षण सम्वद्र्धनको लागी उचित बजेट विनियोजन गर्नुपर्ने, लागुऔषध दुव्र्यसनी लगायतका सामाजीक विकृती विसंगती रोकथाम तथा नियन्त्रणको लागी योजनाहरु ल्याउनुपर्ने, सार्वजनिक जग्गाको अतिक्रमण रोकी संरक्षण गर्नुपर्ने, युवा लक्षित कार्यक्रम ल्याई वढ्दो विदेश पलायन रोक्नुपर्ने, तालहरुको संरक्षण र विकासको लागी योजना ल्याउनुपर्ने लगायतका धारणहरु व्यक्त गरेका थिए ।

उक्त अवसरमा नेपाली काँग्रेस वडा नं.२६ ले वडामा उत्कृष्ट विकास निर्माणका कार्य गर्न सफल भएकोमा जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

वडा अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, नेपाली काग्रेस वडा इकाई सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले २६ नम्बर वडाका सचिव सुर्यप्रकाश ढुंगाना, नेकपा माओवादी केन्द्रका जय बहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका हित बहादुर थापा, नारायणराज लामिछाने लगायतका प्रतिनिधिहरुले बोलेका थिए ।

कार्यक्रममा स्वागत वडा सदस्य तिर्थबहादुर राजभाटले स्वागत र वडा सचिव मिना भट्टराई भण्डारी, कर्मचारी लिलामणि भण्डारी र नवराज सापकोटाले समिक्षा कार्यक्रम र योजना तर्जुमामा सहजीकरण गरेका थिए ।

Previous Post

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

Next Post

बेगनासतालमा मोटरबोट सञ्चालन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
समाचार

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

कोरोना संक्रमितको संख्या वढ्न थाले
समाचार

तलब न नियुक्ति : संक्रामक तथा सरुवा रोग अस्पतालका पुराना स्वास्थ्यकर्मी

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय
अर्थ खबर

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय

सडक निर्माणमा सामग्रीको अभाव
समाचार

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने
समाचार

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने

Next Post
बेगनासतालमा मोटरबोट सञ्चालन

बेगनासतालमा मोटरबोट सञ्चालन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

  • Photo Journalist : Janak Raj Tiwari

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?