जेठ ६, लेखनाथ
पोखरा बिश्वबिद्यालयमा हुन गईरहेको वुमन्स पोखरा बिश्वबिद्यालय क्रिकेट लिग (WPUCL) को तेश्रो सिजनमा पियु राईनोजको कप्तानी श्रद्धा बञ्जाराले गर्ने भएकी छन् । टीममा सबैभन्दा अनुभवी प्लेयर र अघिल्लो संस्करणमा समेत कप्तानीको अनुभव समेत भएकोले उक्त जिम्मेवारी दिएको टिम म्यानेजर विकल बरालले जानकारी दिए।
जेठ १४ गते देखि १८ गते सम्म पोखरा बिश्वबिद्यालय खेल मैदानमा हुन गईरहेको सो प्रतियोगिताको अक्सन शुक्रबार सम्पन्न भएको छ। उक्त अक्सनबाट सपना प्रधान, स्नेहा आचार्य, प्रतीक्षा गौतम, भभिशा पुन, दिया गुरुङ, सुनिता अधिकारी जस्ता अनुभवी प्लेयरहरु टीमले किन्न सफल भएको छ।
आकृति भुजेल, इन्दिरा तिवारी, सायिकी अधिकारी, सुस्मिता थापा जस्ता नयाँ प्लेयर हरु पनि टीममा भित्र्याएको छ। त्यस्तै कामना भट्टराईलाई फिजियो र रिया केसीलाई हेल्थ असिस्टेन्टको रूपमा राखेको असिस्टेन्ट म्यानेजर अनिश श्रेष्ठले बताए।
वुमन्स पोखरा बिश्वबिद्यालय क्रिकेट लिग (WPUCL) संस्करण १ को विजेता र संस्करण २ मा सेमी फाइनल सम्म पुग्न सफल पियु राईनोज यो सिजनमा अझै सशक्त र बलियो रहेको सन्चालक कुशल रानाभाट जानकारी दिए।
‘यसपाली टीम धेरै राम्रो बनेको छ, सबै प्लेयरहरुको अभ्यास समेत सुरु भईसकेकोले नतिजा आफ्नो पक्षमा रहनेमा हामी पूर्ण रूपले विश्वस्त छौं ‘ – टीमका प्रशिक्षक ज्ञानेन्द्र त्रिपाठीले बताएका छन्।
Discussion about this post