वैशाख २५, पोखरा । परराष्ट्र मन्त्रालयमा कार्यरत ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत फेला परेका छन् ।
बेगनास तालको छेउमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ।
उदयपुर घर भएका उनी आइतबार घुम्न पोखरा आएको डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
Discussion about this post