लेखनाथ,८ चैत । पोखरा २६ का रामहरी ढुगानाले आफनो ५५ औं जन्मोत्सव जेष्ठ नागरिक दिवा सेवा केन्द्रका बृद्ध बृद्धका माझमा मनाएका छन् ।
जागरुक नागरिक समाज पोखरा २६ ले लोक सास्कृतीक संरक्षण समितिद्धारा संचालित जेष्ठ नागरिक दिवा सेवा केन्द्र सक्नेरीमा राखेको परिचयात्मक तथा सचेतनामुलक मनोसामाजिक विषय प्रशिक्षण कार्यक्रममा समाजका अध्यक्ष रामहरि ढुगानाको जन्मोत्सव मनाईएको हो ।
कार्यक्रमको मुख्य उदेस्य भने मनोसामाजिक सचेतनामुलक प्रशिक्षण थियो तर त्यसमा समाजका अध्यक्ष ढुगानाको जन्मदिन परेकाले त्यहाँ रहेका बृद्ध बृद्धालाई सामुहिक रुपमा दिवा खाजाको ब्यवस्था गरि जन्मोत्सव मनाईएको हो ।
जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर सामाजिक क्षेत्रमा लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि ढुगानाले आफनो ५५ औं जन्मोत्सव बृद्धबृदाका माझमा वसेर मनाएका हुन् ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना बर्षा शर्माले जेष्ठ नागरिकहरु जिउदो ईतिहास भएकाले संसार बदल्नु छ भने पहिला आफैवाट सुरु गरौ भन्दै सहि र गलतको विषय वस्तुलाई नागरिक समाजको तर्फबाट खवरदारी गर्नु पर्ने सुझाव राखेकी थिईन ।
सोही अवसरमा जागरुक नागरिक समाजकी सचिव सावित्री भटराईले समाजमा देखिएको मानसिक रोगका समस्याको निराकरणका लागि उपाय र सकरात्मक सोचका बारेमा जानकारी गराएकी थिईन ।
समाजका अध्यक्ष रामहरि ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा दिवा सेवा केन्द्रका जेष्ठ सदस्य इश्वरी शरण शर्माले मानव जगतको कल्याणका लागि धार्मीक भावनाले समाजको हित र सामाजिक परिवर्तनका लागि आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।
समाजकी सचिव सावित्री भटराईले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष जगननाथ तिमिल्सेनाले गरेका थिए ।
Discussion about this post