रामशरण नेपाली, फागुन १३, लेखनाथ ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले विद्यार्थीलाई कितावी ज्ञानको साथमा ब्यवहारीक र अन्तराष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा अपरीहार्य भएको बताएका छन ।
पोखरा महानगरपालिका वडा नं. २७ तालचोक स्थित डायमण्ड माविले ३५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन । कुलपती गुरुङ्गले आफ्नो कुशलता देखाउने, योग्यता प्रर्दशन गर्ने, विचारहरु प्रस्तुत गर्ने नागरीकहरु उत्पादनबाट शिक्षा क्षेत्र अघि वढ्नुपर्नेमा जोड दिएका छन ।
यस्तै पोखरा महानगरपालिका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख नारायण सुवेदीले अहिलेको युग विज्ञान प्रविधिको युग भएता पनि विद्यार्थीहरुले त्यसको सहि सदुपयोग गर्नुपर्ने र अभिभावकहरुले पनि निगरानी राख्नुपर्ने वताएका थिए ।
कार्यक्रममा संस्थापक प्राचार्य यम बहादुर रोकाले विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका भने विद्यालयमा १० वर्ष भन्दा वढि सेवा गरेका शिक्षक शिक्षिकाहरु महेश्वर पण्डित, वुद्धिसागर अधिकारी, विकास लामिछाने, प्रेम बहादुर नेपाली, सम्झना लामिछाने, अनुराधा पौडेल, सम्झना सुवेदी, विनोद थापा, केदार अधिकारी र पवित्रा अधिकारी लाई दिर्घसेवा पदकबाट सम्मानित गरिएको थियो ।
उक्त अवसरमा २०७६, ०७७ र ०७८ सालको एस ई ई परिक्षा र प्लस टु तर्फ उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । फागुन १२ र १३ गते गरी दुई दिन सम्म विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक प्रर्दशनी, फुड फेस्टीभल देखी विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु समेत प्रर्दशन गरिएको थियो ।
विगत तिन वर्ष देखी कक्षा ११ र १२ मा होटल म्यानेजमेण्ट कोर्षको समेत पढाई सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरुले सिकेका सिपलाई व्यवहारीक रुपमा उर्तानुपर्छ भन्ने ध्येयका साथ वार्षिक कार्यक्रम अनुसार नै फुड फेस्टको आयोजना गरेको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले वताए ।
२०४५ सालमा स्थापित उक्त विद्यालयमा हाल ९५ जना शिक्षक कर्मचारीहरु रहेका छन भने १६ सय विद्यार्थीहरु अध्यनरत छन । २०५२ सालदेखी हालसम्म गरी उक्त विद्यालयबाट २२ सय विद्यार्थीहरुले एस ई ई परिक्षा र १२सय विद्यार्थीहरुले प्लस टु उर्तीण गरेका छन ।
यसअघि ईस ई ई र प्लस टु बाट दिक्षित भईसकेकका विद्यार्थीहरुमध्ये ३ सयको हाराहारीमा मेडीकल डाक्टर र ४ सय जना वढि ईञ्जिनियरको रुपमा देश तथा विदेशका विभिन्न ठाउँमा कार्यरत रहेको विद्यालयका संस्थापक प्राचार्य यम बहादुर रोकाले जानकारी दिए ।
उनले कास्कीको पुर्वी भेगमा रहेका संस्थागत विद्यालयहरुतर्फ यस विद्यालय सर्वोत्कृष्ट रहेको वताउँदै विद्यालयमा बालमैत्री वातावरण, सिर्जनात्मक शिक्षण सिकाई र विद्यार्थीहरुमा रहेको अन्र्तनिहित प्रतिभाहरुलाई प्रस्फुटन गराउन विभिन्न अतिरिक्त क्रियाकलापहरु र शैक्षिक महोत्सवहरु पनि सञ्चालन गर्नुका साथै विद्यार्थीहरुको स्वास्थ्य बिमा, योग र संस्कृत भाषाको अध्यापन हुँदै आईरहेको वताए ।
विद्यालयका निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा व्यवस्थापक हरि प्रसाद लामिछानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक नारायण पराजुलीले गरेका थिए ।
Discussion about this post