लेखनाथ । जागरुक नागरिक समाज पोखरा २६ को प्रथम अधिवेशनले रामहरि ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा जगननाथ तिमिल्सेना, सचिव सावित्री भट्टराई, सहसचिवमा भीमप्रसाद सुवेदी (सन्तोष) र कोषाध्यक्षमा सुजना आचार्य ढुंगाना छन् । सदस्यमा रमेश थापा, पारस बास्तोला, सुजना खनाल अधिकारी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), माधवप्रसाद पौडेल, सीता बस्ताकोटी, बालकृष्ण गौतम, रामेश्वर अधिकारी, डिल्लीरमण भण्डारी र उपेन्द्र बञ्जरा छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सभ्य र आदर्श समाज निर्माणका लागि नागरिक समाजको तर्फबाट खबरदारी र जनसेवा आवश्यक रहेको बताए ।
लेखनाथ नगरपालिकाका संस्थापक नगर प्रमुख शालिकग्राम पौडेलले राम्रो कामलाई प्रोत्साहन र खरबव कामको खुलेर विरोध गर्नु नै नागरिक समाजको काम भएको सुझाव दिएका थिए ।
जागरुक नागरिक समाज अध्यक्ष रामहरि ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लोक सांस्कृतिक संरक्षण समिति अध्यक्ष जगनाथ तिमिल्सेना, रामज्योति मावि विद्यालय व्यवस्थापनन समिति अध्यक्ष रंगनाथ तिमिल्सेना, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, समाजसेवी मुरारी बराल लगायतले नागरिक समाजको आवश्यकता र औचित्यबारे बोलेका थिए । अधिवेशन संयोजक भीमप्रसाद सुवेदी (सन्तोष) ले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सदस्य एलपी ढुंगानाले गरेका थिए ।
Discussion about this post