लेखनाथ १८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारलाई पुर्ण अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिएका छन् ।
लेखनाथ उद्योग बाणिज्य संघले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रि तथा मन्त्रीहरुको सम्मानमा आयोजना गरेको बधाई तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले ब्यवस्था फेरीए पनि केन्द्रीकृत प्रवृती भने नफेरीएकाले यसलाई सुधार गर्नु पर्ने आवस्यकता रहेको वताएका हुन् ।
स्थानिय तह पुर्णअधिकार सम्पन्न रहेको तर प्रदेशलाई दिएका अधिकार केन्द्रीकृत भएकाले यसलाई सुधार गरि अधिकार सम्पन्न प्रदेश सरकार बनाउने तर्फ आफनो प्रयास रहने विचार राख्दै मुख्यमन्त्रि अधिकारीले प्रदेश सरकारको अनुभव आफनो लागि पहिलो भएपनि विकासका क्षेत्रमा कहिल्यै गल्ती नगर्ने र भष्टचारसँग नाता पनि नगास्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ क्षेत्रमा रहेका ताल तलैया, औधोगिक क्षेत्र र तालचोक देखि बेगनासतालसम्मको बाटो विस्तार एवं पृथ्वीराज मार्गको कोत्रेदेखि विजयपुरसम्ममो बाटो विस्तारका क्रममा पर्ने खानेपानीको पाईपमा हुने क्षतीका बारेमा सरकारले ध्यान दिनु पर्ने सुझाव राखेका थिए ।
जनस्तरबाट सुझाव समेत संकलन गरिएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरी, संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र महासचिव उपेन्द्रराज सुवेदी(राजु) ले उद्योग एवंम उद्यमशिलता, पर्यटन विकास र ब्यवसायीक क्षेत्रमा परेका समस्याका बारेमा प्रदेश सरकारले एकिकृत विकासका योजना ल्याउनु पर्ने र त्यसमा ब्यवसायीहरु सरकारको सहयात्री भएर विकासमा जोडिनेमा वताएका थिए ।
Discussion about this post