पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारले विश्वासको मत पाएका छन् । शुक्रबार प्रस्तुत प्रस्तावमा मतदानमा उनले ३१ मत पाउँदा विपक्षमा २७ मत परेको छ । स्वतन्त्र सासद राजीव गुरुङ मतदानमा उपस्थित भएनन् । सरकार बनाउने बेलामा हस्ताक्षर गरेका उनी शुक्रबारको संसद बैठकमै गएनन् ।
एमालेबाट जितेका जेष्ठ सदस्य मित्रलाल बस्याल सभाध्यक्षको भूमिकामा रहेकाले मतदानमा सहभागी भएनन् ।
एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा कांग्रेस २७, एमाले २२, माओवादी ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् ।
Discussion about this post