• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

पृथ्वी रुपा माविकाे ३७ औं वार्षिकोत्सब सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
January 12, 2023
in शिक्षा, समाचार
0
0
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

कास्की ।  पृथ्वी रुपा माध्यमिक विद्यालय रुपा गाउँपालिका -६ कास्कीको बिहिवार ३७ औं वार्षिकोत्सब ,अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शैक्षिक संस्थाहरू स्थानीय तहकाे मेरुदण्ड भएको बताउनुभयो ।स्थानीय तहलाई सफल बनाउन शैक्षिक संस्थाहरुले कस्ता बिद्यार्थी उत्पादन गर्छन भन्नेमा निर्भर रहने उहाँको भनाइ थियाे।

शिक्षामा राज्यले ठुलाे लगानी गरेको उल्लेख गर्दै अध्यक्ष ओझाले भन्नुभयो ” विद्यालयले गुणस्तरीय नतिजा दिन सकेको खण्डमा मात्रै राज्यको लगानी सफल हुनेछ ।” खानेपानीको समस्या ,बिद्यालयकाे खुल्ला चाैरलाई तारजाली लगाउने कुरामा गाउँपालिकाले तुरुन्तै पहल गर्न उहाँले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयाे।

रुपा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नारायण गुरुङले बिद्यालयका समस्या प्रति वडाकार्यलयकाे ध्यानाकर्षण भएको बताउदै तुरुन्तै समाधानमा जुट्ने वताउनुभयाे। विद्यालयलाई राम्रो वनाउने सवालमा आफू सधैं सकरात्मक रहेको उहाँको भनाइ थियाे।

रुपा गाउँपालिका शिक्षा शाखाका बृहस्पति अधिकारीले सबै भन्दा बढि राजनिती शिक्षा क्षेत्रमा हुने गरेको उल्लेख गर्दै सामुदायिक विद्यालयकाे गुणस्तर बढाउन राजनितीक नियुक्तिका आधारमा नभै याेग्यता र क्षमताका आधारमा शिक्षक छनाैट गर्नुपर्नेमा जाेड दिनुभयाे। उहाँले सबै सराेकारवालाले इमानदारीपुर्वक जिम्मेवारी वहन गरेको खण्डमा सामुदायिक विद्यालयलाई राम्रो वनाउन सकिने वताउनुभयाे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबम् रुपाकाेट पाेखरा सम्पर्क मञ्चका अध्यक्ष अधिवक्ता सरिता तिम्सिना पगेनीले विद्यालयलाई हरेक हिसाबले राम्रो वनाउन शिक्षक अभिभावक र विद्यार्थीकाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । विद्यालयले भाैतिक पुर्वाधारका साथै शैक्षिक गुणस्तरमा समेत ध्यान दिनुपर्नेमा उहाँले जाेड दिनुभयो । कार्यक्रममा विद्यालयका प्र.अ महादेव सुवेदीले विद्यालयकाे समग्र अवस्थाका विषयमा जानकारी गराउनुभएकाे थियाे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पाेखरा -३२ का वडा सदस्य तीर्थ सुयेल, बिद्यालयका सल्लाहकार समाजसेवी टिकाराम पगेनी नेपाल शिक्षकमहासंघ कास्कीका सचिव मणिराम कडेल,विश्व शान्ति माविका प्र.अ बुद्धिसागर अधिकारी  ,रुपाताल सहकारीका सचिव श्रीधर लामिछाने ,उन्नतिशील महिला समुहका अध्यक्ष सीता अधिकारी ,चन्दा दाता बिष्णु घिमिरे ,चन्दादाता शुसिला घिमिरे ,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दुर्गा विक,भुपु विद्यार्थी सम्झना सुनार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।

उक्त कार्यक्रममा विद्यालयका प्रा.वि ईन्चार्ज रामचन्द्र ओझा,विद्यार्थी दुर्गा मिजार,गाैरव सुवेदीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियाे भने कार्यक्रमकाे सञ्चालन शिक्षक तीर्थराज लामिछानेले गर्नुभएको थियाे। कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति समेत राख्नुभएको थियाे।

Previous Post

जनप्रकाश माविको वार्षिकोत्सव

Next Post

मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्दै

मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?