• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ महोत्सवमा नौ दिनमा ८ करोड बढीको कारोबार

Lekhnath Khabar by Lekhnath Khabar
December 31, 2022
in समाचार, स्थानीय
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १५ पुस । १८ औं संस्करणको लेखनाथ महोत्सवमा आज ३५ हजार दर्शकले अवलोकन गरेका छन् । पुस ७ गतेदेखि सुरु भएको महोत्सवको नवौं दिन आज करिब १ करोड ३० लाखको कारोबार भएको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् ।

आज सार्वजनिक बिदा परेकाले दर्शकको उल्लेखनिय सहभागिता भएको उनले बताए । भोलि पनि बिदा रहेकाले दर्शकको राम्रो उपस्थिति रहने आयोजकको अपेक्षा छ। पुस ७ गतेदेखि सुरु भएको महोत्सवको आठौं दिनसम्म आइपुग्दा कुल २ लाख दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक ओझाले जानकारी दिए ।

महोत्सवको पहिलो दिन ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार र १५ गते ३५ हजार गरी कुल २ लाख दर्शकले अवलोकन गरिसकेका छन् ।

त्यस्तै, महोत्सवमा हालसम्मको कुल कारोबार रकम ८ करोड नाघेको छ । महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड, १४ गते १ करोड र १५ गते १ करोड ३० लाख गरी कुल कारोबार रकम ८ करोड १० लाख पुगेको संयोजक ओझाले जानकारी दिए ।

महोत्सवमा सोचेभन्दा बढी दर्शकको साथ मिलेको प्रचारप्रसार संयोजक ओझाले बताए । महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।

आज भएको लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु राजन गुरुङ, राजु गुरुङ, रामजी पौडेल, गगन गुरुङ गायिकाहरु जलुमाया गुरुङ, रीया खड्का, रतिमाया खड्का र पारु गुरुङको प्रस्तुति थियो भने, हाँस्यव्याग्य तर्फ राजेन्द्र गिरी (कुन्दुके जादूगर), मिना गिरी र संसारकै होचा मनोज गोर्खालीको प्रस्तुति थियो । त्यस्तै, लाइभ कन्सर्टतर्फ छेवाङ लामा, राजेन्द्र वर्देवा र प्रिया गुरुङको प्रस्तुति थियो ।

त्यस्तै, शनिबार हुने लोकदोहोरी कार्यक्रमतर्फ श्याम राना, शिवहरि ढुंगाना, अमृत सापकपोटा, प्रिन्स लम्साल गायिकाहरु कमला घिमिरे, निशा पोख्रेल, आशा विसी, मधु चापागाईंको प्रस्तुति रहनेछ । त्यस्तै, हाँस्यव्यांग्य तर्फ सापटी काका र घिरौलाको प्रस्तुति रहने भएको छ । त्यस्तै, साँझको लाइभ कन्सर्टतर्फ राजेश पायल राई, बसन्त सापकोटा, अनु चौधरीको प्रस्तुति रहनेछ ।

महोत्सवमा प्रत्येक दिन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले अवलोकन गरिरहेका छन् । आज कांग्रेस सहमहामन्त्री जीवन परियार, कास्कीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, अनुसन्धानका एसपी, गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्षलगायतको टिम, स्याङ्जा उद्योग वाणिज्य संघका पदाधिकारीहरु, म्याग्दी उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विजयपुर व्यारेकका पृतनापतिलगायतको टिम, नेकपा एमालेका प्रदेश जिल्ला र नगर स्तरिय नेताहरु,नेपाली कांग्रेसका नेताहरु, पोखरा हार्डवेयर एसोसिएसनका अध्यक्षलगायत सम्पूर्ण टिमहरुले महोत्सवको अवलोकन गरेको संयोजक ओझाले जानकारी दिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।

Previous Post

कवि शिरोमणीको १३९ औं जन्मजयन्तीको पुर्वसन्ध्यामा विद्यालयस्तरीय खुल्ला कविता

Next Post

महानगरवासी भएकोमा सबैले गर्व गरौं–मेयर आचार्य

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
महानगरवासी भएकोमा सबैले गर्व गरौं–मेयर आचार्य

महानगरवासी भएकोमा सबैले गर्व गरौं–मेयर आचार्य

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?