मंसिर २२, पोखरा
सन् २००८ मा स्थापित एईसीसीले ग्लोबलले शुक्रवार पोखरामा अष्ट्रेलिया एडमिसन डे आयोजना गर्ने भएको छ । पोखरा ट्रेडमलको तेश्रो तल्लामा विहान ११: ३० बजे देखि बेलुकी अपराह्न ३:३० बजेसम्म आयोजना हुने एईसीसीले जानकारी दिएको छ ।
उक्त एडमिसन डे मा अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने विद्यार्थीले छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी परामर्श, भाषा परिक्षा सम्बन्धी जानकारी तथा शैक्षिक कर्जाको बारेमा नि:शुल्क परामर्श लिन सक्ने संस्थाले जानकारी दिएको छ । कार्यक्रममा अष्ट्रेलियामा बिजनेश प्रोग्राम, विज्ञान तथा ईञ्जिनियरिङ, कम्प्युटिङ, आईटी, टेलिकम्यूनिकेशन, मेडिसिन र नर्सिङ, अध्ययन लगायत अन्य विविध विषयका बारेमा समेत समग्र जानकारी लिन सकिने छ ।
संस्थाका अनुसार ईच्छुक सहभागीले आफ्नो ईच्छा अनुसार पोष्ट ग्राजुएट र अन्डर ग्राजुएट लेभल मध्य आफ्नो अध्ययन क्षेत्र रोज्न सक्नेछन् । विद्यार्थीले विश्वविद्यालयका प्रतिनिधीहरु सँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी लिनका साथै, तत्काल प्रक्रिया अगाडी बढाई आफ्ना आवेदन विश्वविद्यालय सामु प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रम मार्फत विद्यार्थीहरुले नि:शुल्क आवेदन सहित प्रोशेसिङ सुविधा प्राप्त गर्ने छन् भने योग्य विद्यार्थीहरुले छात्रबृत्ति समेत प्राप्त गर्ने गर्नेछन् ।
अष्ट्रेलियामा एडमिसन डे मा नवितास ग्रुप, साउदन क्रस युनिभर्सिटि, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटि, क्यान्ट्बुरी ईजुकेशन ग्रुप, आई आई बिआईटी एजुकेशन ग्रुप, क्विन्स्फोर्ड कलेज लगायतका संस्थाहरुको सहभागिता हुनेछ भने भाषा परामर्शमा बृटिश काउन्सिल तथा ईटिस रहनेछन् । त्यस्तै बैंक प्रतिनिधीहरुमा सानिमा बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आईएमई बैंक र माछापुछ्रे बैंक रहने आयोजक एईसिसी ग्लोबलले जानकारी दिएको छ।
Discussion about this post