लेखनाथ, १९ मंसिर ।
लेखनाथ होटल ट्रेनिङ सेन्टर पोखरा २७ ले आफनो ११ औं स्थापना दिवसको अबसर पारेर अपाङ्गतामैत्री समाज दृष्टि विहिन आश्रम कास्कीलाई सहयोग गरेको छ ।
पोखरा २९ को पावर हाउसमा भाडाको घर लिएर बस्दै आएका शारिरीक रुपले कमजोेर र न्यूनदृष्टि भएकाहरुको साझा सस्था अपाङ्गतामैत्री समाजको लागि लेखनाथ होटल ट्रेनिङ सेन्टरले आफनो बार्षिकोत्सवको अवसर पारेर खाद्यान्न,तरकारी तथा फलफुल सहयोग गरेको हो ।
देशका विभिन्न जिल्लाबाट आएर सामुहिक रुपमा वस्ने र खाने गर्दै आएका अपाङ्गता भएका ब्यत्तिहरुको लागि होटल ट्रेनिङले सामाजिक उत्तरदायीत्व अन्तरगत सोमवार आश्रममा पुगी उत्त सहयोग सामाग्री हस्तान्त्रण गरेको हो ।
कार्यक्रममा लेखनाथ होटल ट्रेनिङ सेन्टरका सस्थापक शुरेस कन्दङवा, संचालक दिपेन्द्र अधिकारी र प्रिन्सीपल संगिता पन्थ अधिकारीले आश्रम संचालक समितिका अध्यक्ष दण्डपाणि ढकाल र आश्रम संचालक सुसिल गोदारलाई उक्त सामाग्री हस्तान्त्रण गरेका थिए ।
आश्रममा वस्दै आएका करिव २५ जनाले दिउसो सहर बजारमा डुलेर धुप, सावुन, कलम, मैनबत्ति तथा सरफ विक्रिवितरण गरि विहान बेलुकाको छाक टादै आएका छन् ।
विक्रिका लागि सामान बजारमा लिएर हिड्दा ब्यापार पनि कम हुने र समाजले न्यून दृष्टि भएकाहरुलाई हेर्ने नजर पनि फरक शैलीको भएकाले आफुहरुले विभिन्न दात्री निकायसँग सहयोगको अपिल गरेको अपाङ्गतामैत्री समाजका अध्यक्ष दण्डपाणि ढकालको बताएका छन ।
Discussion about this post