पोखरा, १० मङ्सिर । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको छैटौं अधिवेशन तथा साधारणसभा एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ ।
कार्यक्रमको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले उद्घाटन गर्नुभयो । कार्यक्रममा कुलपति विखर्चीले राधाकृष्ण मन्दिर तथा शान्ति आश्रमको सञ्चालनका लागि प्रतिष्ठानका तर्फबाट वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राधाकृष्ण मन्दिर शान्ति आश्रमका अध्यक्ष मुकुन्दशरण उपाध्यायले सबैको साथ र सहयोगमा राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो् ।
सह अध्यक्ष गणेशबहादुर खत्रीले राजमार्गबाट राधाकृष्ण मन्दिरसम्म जाने बाने बाटोलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
सचिव घनश्याम खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा पोखरा–३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्की, वडा सदस्य सावित्री पण्डित, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, भगवती पन्त लगायतले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उक्त अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रममा विशिष्ट योगदान गर्नुभएको भन्दै मनोहरी भण्डारीलाई सम्मान गरिएको थियो ।
छैटौं अधिवेशनले मुकुन्दशरण उपाध्यायलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ । समितिको सहअध्यक्षमा गणेशबहादुर खत्री, उपाध्यक्षमा हरिभक्त सिग्देल, सचिवमा घनश्याम खनाल, सहसचिवमा तीर्थराज ढकाल, कोषाध्यषमा रामचन्द्र सिग्देल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा माधवशरण उपाध्याय, हरिराज घिमिरे, कृष्णप्रसाद खनाल, केशवराज पौडेल, मोहनकुमार प्रधान हुनुहुन्छ । समितिको पदेन सदस्यमा राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मी रहनुभएको छ ।
Discussion about this post