• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

Lekhnath Khabar by Lekhnath Khabar
November 27, 2022
in समाचार
0
कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १० मंसिर ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका हुनु भएको छ । युनियनको शनिबार पोखरामा सम्पन्न सातौ अधिबेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचीवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिबमा कल्पना आचार्य निर्वाचित हुनु भएको छ ।

यस्तै अधिबेशनले सदस्यहरूमा बिष्णु काफ्ले, जमुना पौडेल,सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ्ग, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन गरेको छ । नबनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष उमेश गिरीले पद तथा गोपनियताको सफत गराउनु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्र बहादुर खत्री संयोजक, युनियनका केन्द्रिय सल्लाहकार कमिटी सदस्य मन्जु आचार्य, युनियनका केन्द्रिय सदस्य गोबिन्दनाथ योगि, जिफन्ट पोखरा महानगर कमिटीका अध्यक्ष सुर्य प्रसाद उपाध्याय, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्य, युनियनका सल्लाहकारहरु सुभास नेपाल र शशिकला लामिछाने सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

अधिबेशनको पहिलो सत्रलाई संम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी युनियनका केन्द्रिय अध्यक्ष गिरीले युनियनहरु ब्यवस्थापन पक्षले चलाउने खालको बन्न नहुने बताउदै सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताउनु भयो ।उहाँले मर्यादित जीवन बाँच्न पाउने हक हरेक श्रमजिबी मजदुरको हुने भन्दै समयानुकूल र महङ्गीलाई मध्यनजर गरेर पारिश्रमिक निर्धारण हुनुपर्नेमा जोड दिनुभयो । हरेक मजदुरलाई योगदानमा आधारित सामजिक सुरक्षा कार्यक्रम भित्र समाबेश गराउनु पर्ने भन्दै केन्द्रिय अध्यक्ष गिरीले श्रम ऐन पुर्ण रुपमा कार्यन्यवन हुन आवश्यक रहेको बताउनु भयो ।

जिफन्ट गण्डकीका अध्यक्ष खत्रीले मजदुर आन्दोलन कै बलमा आज मजदुरहरुले एक लाख सम्मको निशुल्क उपचार र दुर्घटनामा परेमा सात लाख सम्मको दुर्घटना बिमा सुबिधा प्राप्त गरेको बताउदै एकतामा बल भएकोले संगठित भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

हिमालय आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बरिस्ठ अधिबक्ता कृष्ण बहादुर गुरुङ्गले आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राखेर पेसागत हक हितको लागि संगठित हुन पर्नेमा जोड दिनुभयो । उहाँले हिमालय आँखा अस्पतालले नेपाल सरकारले तोकेको भन्दा पनि कम शुल्कमा बिरामीहरूलाई सेवा दिएको दाबी गर्दै आफुहरु नाफा कमाउने उदेश्यले नभई सेवामुलक रुपमा अगाडि बढेको बताउनु भयो ।

युनियनका अध्यक्ष प्रेम कुमार नकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका १७ का वडा अध्यक्ष राधिका शाही योगि, हिमालय आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर इलिया श्रेष्ठ, युनियनका केन्द्रिय सदस्य गोबिन्दनाथ योगि, नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपालका अध्यक्ष अमृत पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

युनियनका उपाध्यक्ष पार्वती गुरुङ्गले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचीव अनिल कुमार शिंहले गर्नु भएको थियोे । अधिबेशनबाट सांगठनिक प्रतिबेदन र आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरिएको छ ।

Previous Post

बरेली पौडेल कुलपूजाका लागि विभिन्न उपसमिति

Next Post

राधाकृष्ण मन्दिर शान्ति आश्रमको अधिवेशन तथा साधारणसभा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
राधाकृष्ण मन्दिर शान्ति आश्रमको अधिवेशन तथा साधारणसभा

राधाकृष्ण मन्दिर शान्ति आश्रमको अधिवेशन तथा साधारणसभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?