लेखनाथ,११ मंसिर ।
लेखनाथ क्योकिशन–कान कराते डोजोको आयोजनामा मंसिर १७ गते दोस्रो लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप लेखनाथ पावरहाउसमा हुने भएको भएको छ ।
लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका सोह्र वर्ष मुनिका ६०जना भन्दा बढि खेलाडीहरुले विभिन्न १० तौल समुहमा प्रतिस्पर्धा गर्ने छन ।
प्रतियोगितामा पुरुष तर्फ २५ के.जी, ३० के.जी,३५ के.जी, ४० के.जी, ४५ के.जी र ५० के.जी तौल समुह रहेका छन भने महिला तर्फ ३० के.जी मुनि ४० के.जी मुनि र ५० के.जी तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक तथा लेखनाथ पावरहाउस डोजो प्रशिक्षक बिनोद नेगिले जानकारी दिए ।
खेलाडीहरुलाई आफुले सिकेको कला देखाउन र सिनियर प्रतियोगिताको लागि तयार हुन वातावरण सिर्जना गर्ने उद्धेश्य अनुरुप आयोजना गरिएको प्रतियोगिताका बिजेता खेलाडीहरुलाई मेडल र प्रमाण–पत्र द्वारा पुरस्कृत गरिने प्रमुख प्रशिक्षक सुवास खड्काले जानकारी दिए ।
प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुदमा सहभागि र पदक बिजेता लेखनाथ डोजोका खेलाडीहरुलाई सम्मान गरिने प्रशिक्षक खड्काले जानकारी दिएका छन् ।
Discussion about this post