देउसीभैलीको रकम आश्रमल
लेखनाथ,२८ कार्तीक ।
तिहारको समयमा खेलिने देउसी भैलोको रकमलाई बनभोज र फजुल खर्च गर्ने प्रचलनलाई निरुत्साहित गर्नु पर्छ भन्दै पोखरा नगर क्षेत्रका केही युवाहरुले उदाहरणीय काम गरेर आश्रमलाई सहयोग गरेका छन् ।
पोखरा ३०का भविन पुनको नेतृत्वमा स्थानिय स्थरमा खेलिएको देउसी भैलोवाट संकलिन रकमलाई पोखरा २९ को पावरहाउसमा रहेको अपा∙ता मैत्री समाज कास्की दृष्टीविहिन आश्रमका लागि आवस्यक पर्ने खाद्यन्न खरिद गरि सहयोग गरिएको हो ।
रमाईलोका लागि खेलिएको देउसी भैलोबाट संकलिन करिव २० हजार रुपियाँमा होटल पोखरा बुलु लेकका संचालक आशिष सिंह ठकुरी,सोम घले,ज्योती गुरुङ र मिना पुनले रकम थप गरि आश्रम संचालक समितिका अध्यक्ष दण्डपाणि ढकाललाई उक्त सामाग्री प्रदान गरिएको संयोजक भविन पुनले जानकारी दिएका छन् ।
Discussion about this post