• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

मैले जित्दा कसैले हार्नु पर्दैन : दिपक कोईराला

Lekhnath Khabar by Lekhnath Khabar
November 15, 2022
in राजनीति, समाचार, स्थानीय
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

पोखरा २९, कार्तिक ।

हरेकजसो चुनावी सभामा कांग्रेस नेता यज्ञबहादुर थापा कास्की १ को १ मा प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाको तारिफ गर्छन् । कोइरालाले आफ्नो पहिलो कार्यकालमा थुप्रै काम गरेको भए पनि प्रचारप्रसार नगरेकोमा गाली पनि गर्छन् । भन्छन्, ‘उनी मिजासिलो छन् । सबैसँग मिल्छन् । धेरै काम गरे पनि यो–यो गरें भन्न जान्दैनन् ।’

पूर्वमन्त्रीसमेत रहेका थापा कोइरालाले चुनाव जितेपछि प्रदेशको ‘पावरफुल’ मन्त्रालय सम्हाल्ने पक्कापक्की रहेको मतदातालाई बताउँछन् । ‘यत्तिको युवा नेता यो क्षेत्रले पाएको छ । जितेर गएपछि मन्त्री बन्छ, बन्छ,’ उनले मतदातालाई भन्ने गरेका छन्, ‘व्यवहारमा मिलनसार पनि छ, काममा परिपक्वता पनि छ ।’

घरदैलोको क्रममा उनी उमेर अनुसारको सम्बोधन र सम्मान सर्वसाधारणलाई गर्छन् । पाँच वर्ष संसदमा पुगेर नीति बनाउन खर्चिए पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत जनतासँग प्रत्यक्षरुपमा उनी जोडिए । स्थानीय आवश्यकता पहिचान गरेर तिनलाई सम्बोधन गर्न खटिए ।

पोखरा र लेखनाथको भूगोल मिलेर पोखरा महानगरपालिका बने पनि मन मिलेको थिएन । साबिकको लेखनाथ नगरपालिकावासीले महानगरमा अपनत्व लिन सकेका थिएनन् । उनले केही योजना साबिक लेखनाथ क्षेत्रमा लैजान पहल गरे । जस्तो संक्रामक तथा सरुवा रोग अस्पताल ।

कोरोना महामारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितको चाप थेग्न नसक्दा साबिकको लेखनाथ लायन्स अस्पताललाई संक्रामक तथा सरुवा रोग अस्पतालमा रुपान्तरण गरियो । लेखनाथमै प्रदेशस्तरको आयुर्वेद अस्पताल बन्यो । गण्डकी विश्वविद्यालय लेखनाथमै स्थापना भयो । पोखरा र साविक लेखनाथ जोड्ने गरी विजयपुर खोलामाथि २ पुल बने । एउटा पुल निर्माणाधीन छ ।

सरकार परिवर्तन हुँदा पनि ५ वर्ष नै विषयगत समितिका सभापति हुने उनी एक्ला सांसद हुन् । उनी अर्थ तथा विकास समिति सभापति भए । त्यस क्रममा उनले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गराउन निर्देशन दिएका थिए । विकास, निर्माणमा पनि उनले नयाँ र सिर्जनात्मक उपायको खोजी गरे । नेपालमै पहिलोपल्ट प्राकृतिक तालमाथि झोलुंगे पुल बनाउन अग्रसरता लिए ।

रुपा तालमाथि बनाइएको झोलुंगे पुल अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । वेगनासको जीर्ण बाँध मर्मत गरी फुट ट्र्याक बनाउन अगुवाइ गरे । फुट ट्र्याक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भयो । भण्डारढिक रंगशालाको स्तरोन्नति, कभर्ड हल निर्माण सुरुवात, पचभैया चिडियाँखानालाई सहयोग, विभिन्न खानेपानी तथा सिंचाइ आयोजनामा उनले बजेट विनियोजन गरे ।

उनले टुक्रेभन्दा ठूलो योजनामा जोड दिए । रुपा गाउँपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक नमुना सडक’ कार्यक्रम अन्तर्गत रिङ रोड बन्यो । रिङ रोडमा हालसम्म ३० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । वेगनासदेखि भोर्लेटार जोड्ने सडक कालोपत्र गर्न १० करोड रुपैयाँभन्दा बढी विनियोजन भयो ।

रुपा गाउँपालिकाका अधिकांश बाटा प्रदेशकै बजेटबाट बनेका छन् । कांग्रेस सहमहामन्त्री जीवन परियार आफ्ना पूर्व प्रतिस्पर्धी दीपक कोइरालालाई जिताउन खटिएका छन् । भन्छन्, ‘अब पालो युवाकै हो ।’ उम्मेदवार कोईराला आफै पनि भन्छन् – ‘मलाई भोट हाल्दा कसैले हार्नु पर्दैन ‘ ।

 

 

Previous Post

कास्कीको राजनीतिक पहिचान बनाउँछुः बराल

Next Post

देउसीभैलीको रकम आश्रमला

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
देउसीभैलीको रकम आश्रमला

देउसीभैलीको रकम आश्रमला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?