किशोर परियार
असोज १६,लेखनाथ ।।
तेस्रो हिमाल एण्ड रक्षा मेमोरियल फुटसलको उपाधी लक्ष्मी आदर्श यूवा क्लबले हात पारेको छ । फानल चरणमा टिम डेन्जर र लक्ष्मी आदर्श यूवा क्लब बिच १–१ गोलले बराबर भएपछी टाई ब्रेकर पेनाल्टी सुटआउटमा लक्ष्मी आदर्शले जित हात पारेको हो ।
चेतनशिल आदर्श यूवा क्लवको आयोजनामा पोखरा–२७ तालचोकमा रहेको काईट्स स्र्पोटस फुटसलमा गरिएको प्रतियोगितामा बिजेताले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने, उपबिजेता बनेको टिम डेन्जरलाई नगद १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगीता भर उत्कृष्ठ खेल प्रदर्शन गर्ने उत्कृष्ठ खेलाडी टिम डेन्जर का मन्दिप भुजेल, बेस्ट डिफेन्ड लक्ष्मी आदर्शका अर्जुन गुरुङ, बेस्ट मिड फिल्डर लक्ष्मी आदर्शका बिसाल गुरुङ, सर्बार्धिक गोलकर्ता टिम डेन्जर बि का दिनेश रानाभाट, टिम लक्ष्मी आदर्शबाट बेस्ट गोल किपर साथै म्यन अफ दि म्याच बिजय गिरी बने भने इमर्जिङ प्लेयरको ट्रफी टिम डेन्जर बि का सन्दिप क्षेत्रीले पाएका थिए ।
सडक दुर्घटनामा परि निधन भएका स्थानीय खेलाडीहरु हिमाल गुरुङ्ग र रक्षा गुरुङ्ग को स्मृतिमा तेस्रो पटक आयोजना गरिएको प्रतियोगितामा कुल १७ टिमको सहभागीता रहेको प्रतियोगिताका संयोजक डिबी घलेले वताए ।
Discussion about this post