आजकल पोखरा ३१, वेगनासताल पुगेर ताल अवलोकन गर्दै गर्दा घाँटीमा क्यामेर बोकेर एक युवा आईपुग्छन्,
दाई फोटो खिच्ने ?
यही शब्द बोल्ने उनै युवा हुन सन्जिब घिमिरे,
पोखरा ३१ वेगनासताल बस्ने वर्ष ३१ का घिमिरे पेसाले फोटोग्राफर हुन् । फोटोग्राफर हुनु भन्दा पैले उनि एक रेस्टुरेन्टका संचालक समेत थिए । रहर, परिस्थिती र बाध्यताले गर्दा अहिले फोटोग्राफर पेशा अंगालेका छन् । पेशा सानो ठुलो कहिल्ल्यै हुँदैन । फोटो खिचेर दैनिकी चलाउनु उनको लागी सामान्य हो ।
पर्यटकिय नगरी पोखरामा रहेको फेवा तालको छाँयामा वेगनासताल बसेकोले यस तालले फेवा जस्तो महत्व र पहिचान पाउन भने सकेको छैन ।
घिमिरेले वेगनासतालमा आउने स्थानिय तथा बाह्य पर्यटक हरुको तस्विर खिचेर तालको प्रबर्द्धनमा योगदान गर्दै आएका छन् ।
उनि भन्छन् – “आजकल सबैले सामाजिक संजाल चलाउनुहुन्छ्, सबै संग भने जस्तो तस्विर निकाल्ने फोन नहुन पनि सक्छ र मैले क्यामेरा बाट राम्रो तस्विर लिएर उहाँहरु लाई पठाउछु, उहाँहरुले सामाजिक संजालमा वेगनासताल सहितको तस्विर राख्दा प्रबर्द्धन गर्न सहयोग पुगेको महसुस गर्छु । यही हो मैले सकेको गर्ने अरु गर्न त वडा, महानगर पर्यटन बोर्ड नै छ ।”
कास्कीको पुर्वी भागमा रहेको बेगनास ताल र यस संगै रहेका बिभिन्न प्राकृतिक र पर्यटकिय गन्तब्य हरुको उचित प्रबर्द्धन नहुँदा स्वदेशी तथा बिदेशी पाहुँनाहरु फेवा ताल हेरेर फर्कने गरेका छन् ।
सन्जिबले तस्विरको माध्यम बाट यस क्षेत्रलाई दिन खोजेको योगदान भने अवश्य नै स्वागत योग्य रहेको छ ।
गित संगितमा समेत रुची भएका घिमिरेले यसअघी बिभिन्न संस्थाहरुको सहयोगमा लेखनाथ प्रबर्द्धन गर्ने भिडियो निर्माणमा समेत योगदान दिएका थिए ।
#PhotographerKoKatha #SanjeevGhimire #LekhnathKhabar #RanabhatSachin
Discussion about this post