लेखनाथ, असोज १० । तालचोक कृषि सहकारी संस्था लि. पोखरा–२७ तालचोकको छैंटौं साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी शाखाका सदस्य एवं वडा न. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङले सम्पुर्ण सहकारी मिलेर एकिकृत कारोबार गरी प्रभावकारी कार्ययोजना बनाई लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले सहकारीका विभिन्न गतिविधि एवं समस्याहरुका विषयमा सहकारी विभागले छिटैृ नै समिक्षा गरी उचीत पहलकदमी दिने प्रतिवद्धता व्यत्त गरेका थिए ।
कार्यक्रममा सञ्चारकर्मि नवराज सापकोटा, लेखनाथ सामुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, सहकारीका सल्लाहकार ऋषि जमरकटृेल, लेखनाथ सामुदायीक सेवा केन्द्रकी उपाध्यक्ष गंगा खनाल, लगायतले बोलेका थिए ।
यसै गरि सहकारीले विन्दा दवाडीलाई उत्कृष्ट कृषक अर्वाड प्रदान गरेको छ भने उत्कृष्ट कारोवार गर्ने पुरुषोत्तम राज भण्डारी, गंगा खनाल र नारायण उपाध्यायलाई सम्मान समेत गरेको छ ।
साधारणसभाले सचिव केशव सापकोटाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोपि तिवारीको आर्थिक प्रतिवेदन प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।
कुल ३ सय १५ जना शेयर सदस्य रहेको सहकारीले निक्षेप संकलन र कर्जा प्रवाह गर्नुका साथै कृषी क्षेत्रमा सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ ।
संस्थाका अध्यक्ष विजय न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नवराज पौडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव केशव सापकोटाले गरेका थिए ।
Discussion about this post