नेपाल आदर्शमाअभिमुखीकर
पाेखराकाे नेपाल आदर्श आवासीय विद्यालयमा कक्षा ११ मा पढ्न आएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
विद्यालयका प्रधानाध्यापक कमलप्रसाद गुरूङकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रूपा गुरूङले ज्ञानले मात्र मानिसलाई संस्कार सिकाउँछभन्दै असल संस्कारले सभ्य नागरिक बनिनेहुँदा अबका बालबालिकाले ज्ञानसंगसंगै अनुशासन र संस्कार सिक्नुपर्नेमा जाेड दिइन् ।
कार्यक्रममा कक्षा ११ र कक्षा १२ पढाउने शिक्षकहरुले विद्यार्थीहरूलाई पढाइमा विशेष जाेड लिन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक कमलप्रसाद गुरूङले विद्यार्थीहरूलाई व्यवहारिक बन्न र उचित भविष्य पहिल्याउन आग्रह गरे ।
११ / १२ संयाेजक अर्जुनप्रसाद सुवेदीले कक्षा ११/१२ चलेकाे सालदेखिका शैक्षिक गतिविधि प्रस्तुत गर्दै विद्यार्थीहरूले मिहिनेत लगनशील हुने, अभिभावक चनाखाे हुने र शिक्षक कर्मशील भएमा शिक्षाकाे स्तर माथि उठ्ने कुरामा जाेड दिए । कक्षा १२ का विद्यार्थीले विभिन्न नृत्य तथा संगीत प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन कक्षा १२ का कविता लामा र श्रेया गुरूङले गरेका थिए ।
Discussion about this post