लेखानाथ,११भदौ ।
नेवारी समुदायको भाषा र सस्कृतीको रक्षा गर्ने उदेस्यले हरेक वर्ष नेवा खाल लेखनाथले आयोजना गर्दै आएको तायाः मचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाःखल राजाको चौतारा प्रथम भएको छ ।
लेखनाथमा रहेका विभिन्न आठ वटा नेवारी समुदायहरुले पालै पालो तायाःमचा नृत्य प्रतियोगिता गर्दै आएकोमा यस पटक पोखरा २६ र २७ को अर्घौ पौवा नेवाःखलले पाचौं सस्करणको प्रतियोगिता सुक्रवार सम्पन्न गरेको हो ।
पोखरा २६ को अर्घौचोकमा राखिएको प्रतियोगितामा सहभागी छ समुह मध्यबाट मिलीजुली नेवाः खल बागमाराले द्धितिय,गणेश नेवा ःखल गगनगौडाले तृतिय र शिसुवा नेवाः खल शिसुवाले सान्तोना स्थान हासिल गरेका थिए ।
परम्परा देखि चल्दै आएकोे नेवारी भाषा,कला,संस्कृती,साहित्य र भेषभुषाको संरक्षण गर्दै युवा पुस्तालाई आफनो संस्कृतीका बारेमा जानकारी दिन सजिलो हुने गरि राखिएको प्रतियोगितमा प्रथम हुने समुहलाई तीस हजार,द्धितियलाई २५ हजार,तृतियलाई २० हजार र साथमा उत्क्ृष्ठ जोकर र परिलाई दुई ÷दुई हजार पुरस्कारको ब्यवस्था गरिएको आयोक सस्था नेवाः खल अर्घौका अध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी दिएका छन् ।
उत्त अवसरमा अप्रतियोगीको रुपमा महिला पुरुषको तिनबाट नाखे नाच,कुमारी नाच,देवि नाच,घोडा नाच र साथमा रोपाई नृत्य पनि प्रस्तुत गरिएको समाजका सचिव बालगोलप श्रेष्ठले जानकारी गराएका छन् ।
Discussion about this post