• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जोन ११ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त पदस्थापन

Ramsharan Nepali by Ramsharan Nepali
August 16, 2022
in समाचार, स्थानीय
0
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३१ साउन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्र्तगत जोन ११ अन्र्तगतका क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

पोखरा–२६ लेखनाथ स्थित नमस्ते पाटी प्यालेसमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटी, लेखनाथ मेट्रो सिटी र लेखनाथ लेकसिटीका वर्ष २०२२÷२३ नवनिर्वाचित पदाधीकारीहरुलाई पदस्थापन गराईएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले ३ वटै क्लबका लायन बर्ष २०२२÷२३ का अध्यक्ष एवं पदाधिकारीहरूलाई पदस्थापन गराएका थिए भने डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायनवादको परिचय सहित सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा लायन बर्ष २०२१/२२ का तिन वटै क्लबहरू लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटी, लेखनाथ मेट्रो सिटी र लेखनाथ लेक सिटीका अध्यक्षहरू क्रमशः बद्रीनाथ भण्डारी, बलराम बराल र सुरजजंग ढुङगानाले आफ्नो कार्यकालमा भए गरेका कार्यक्रमहरुको विषयमा जानकारी दिएका थिए भने लायन बर्ष २०२२/२३ का अध्यक्षहरू क्रमशः गोबिन्द लामिछाने, उत्तम भण्डारी र बिजय भण्डारीले हालसम्म गरेका कार्य र भावी योजनाहरु प्रस्तुत गरेका थिए ।

पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पदस्थापन अधिकृत डिष्ट्रिक्ट गर्भनर राम बहादुर बसेलले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यहरूको निरन्तरता र गर्न बाँकी रहेका सबै सेवा कार्यहरूलाई बर्ष २०२२/२३ मा अगाडी बढ़ाउदै ‘म टिमवर्कमा विश्वास गर्दछु’ (आई विलिभ ईन टिमवर्क) भन्ने नारालाई जोड दिंदै काम गर्न र सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्न नव निर्वाचित अध्यक्षहरूलाई आग्रह गरेका थिए ।

गभर्नर बसेलले डिष्ट्रिक्टमा मनोनित लायन्स लिडरहरूलाई प्रदान गरिएको जिÞम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेकोमा यही नै‘आई विलिभ ईन टिमवर्क’ नाराको उदाहरण भएको वताए । ‘मेरो डिष्ट्रिक्ट बलियो डिष्ट्रिक्ट’ र ‘एक पटकको लायन्स सधैको लायन्स’ भन्ने अभिप्रायका साथ क्लबका सम्पूर्ण सदस्यलाई स्थायी सदस्य बनाउन गभर्नर बसेलले आग्रह गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा उत्साह र हौसलाका साथ लाग्न अनुरोध गरे ।

कार्यक्रमका विशिष्ट अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले डिष्ट्रिक्ट गभर्नरले ल्याएको कार्यक्रम लामो समयसम्म चल्ने र दिर्घकालिन सोचका साथ आएका बताउदै यसबर्षको नारालाई आत्मसाथ गर्दै उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न अनुरोध गरेका थिए ।

डिष्ट्रिक्ट एडमिनिट्रेटर शैलेन्द्र मोहन भट्टराईले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई उत्कृष्ट ढंगले सम्पादन गर्न क्लबका अध्यक्षहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रको अध्यक्षता सेभेन लेकसिटीका २०२१/२२ अध्यक्ष बद्रीनाथ भण्डारी र दोस्रो सत्रको अध्यक्षता २०२२/२३ लेखनाथ सिटीका अध्यक्ष बिजय भण्डारीले गरेका थिए भने पहिलो सत्रको सञ्चालन लायन्स क्लव अफ लेखनाथ मेट्रो सिटीका २०२१/२२ का सचिव सुरेन श्रेष्ठले र दोश्रो सत्रको सञ्चालन लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटीका २०२२/२३ का सचिव सुधिरमणि लामिछानेले गरेका थिए ।

लायन कुशलबाबु लामिछानेले स्वागत गरेको उक्त कार्यक्रममा डिष्ट्रिक्ट चिफ एवं लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटीका पूर्व अध्यक्ष गणेश ढुङगानाले धन्यवाद ज्ञापन गरेका थिए ।

Previous Post

आदर्श युवा क्लवको नेतृत्व पदमको कांधमा, १२ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित

Next Post

लेखनाथ सामुदायिक सहकारीको सामाजिक क्षेत्रमा अग्रसरता

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लेखनाथ सामुदायिक सहकारीको सामाजिक क्षेत्रमा अग्रसरता

लेखनाथ सामुदायिक सहकारीको सामाजिक क्षेत्रमा अग्रसरता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?