• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रुपातालमाथि झोलुंगे पुल

Ramsharan Nepali by Ramsharan Nepali
July 27, 2022
in समाचार, स्थानीय
0
0
SHARES
444
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, १० साउन । पोखरा महानगरपालिका वडा नं.३१ र रुपा गाउँपालिका वडा नं.६ जोड्ने झोलुङ्गे पुलको मंगलबार उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश भौतिक पुर्वाधार तथा शहरी विकास एवं यातायात व्यवस्था मन्त्रालय अन्र्तगत पुर्वाधार विकास विभाग, पुर्वाधार विकास कार्यालय कास्कीको योजना अन्तर्गत १ करोड ३६ लाख ९६ हजार ७३० रुपैयाँ लागतमा पुलको निर्माण कार्य सम्पन्न भएको हो ।
भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुलको लम्बाई २ सय ६९ र चौडाईं एक मिटर छ । पुलको क्षमता प्रति मिटर ३ सय १८ केजी रहेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर हरी थापाले जानकारी दिए । पुलको निर्माण एम÷एस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो ।

मंगलबार पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद एवम् अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले स्थानिय विकास निर्माणमा प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहने बताए । संघियता र प्रदेशका विरुद्ध सामाजिक सञ्जालमा गरिएको टिका टिप्पणी प्रति इंगित गर्दै सांसद कोइरालाले यस्तो बताएका हुन् ।

No description available.

उनले ठुला योजनाको लागी स्थानिय निकायसँग सोहि अनुसारको वजेट नहुने र संघीय सरकारको मुख ताक्दा प्राथमिकतामा नपर्ने कारण प्रदेश सरकार भएकै कारण पुल बनेको दावी गरे । उनले भने–‘यो प्रदेश सरकार भएकैले सम्भव भएको हो, यसले संघीयतालाईपनि पुष्टि गर्छ ।’ प्रदेश सरकारले आफ्नो बलबुताले भ्याए र सकेसम्म गरिरहेको भन्दै उनले व्यक्तिले गलत ग¥यो भन्दैमा प्रदेश सरकारलाई गाली गर्न नहुने बताए । ‘कसैले गलत ग¥यो भन्दैमा संघीयता, प्रणाली नै गलत भन्नु हुँदैन ।’

विभिन्न समस्याका बाबजुद पनि झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै स्थानिय सामाजिक संघ संस्थाहरु, राजनितिक दलहरु, बुद्धिजिवीहरु लगायत सबैलाई धन्यवाद समेत दिएका थिए । लेखनाथ क्षेत्रलाई नयाँ पोखराको रुपमा विकास गर्न आफू लागि परेको बताउँदै वेगनासताललाई नयाँ लेक साइडको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

No description available.

तालमाथि बनेको यो झोलुङगे पुल नेपालकै नौलो पर्यटकीय गन्तब्य बन्ने विश्वास व्यक्त गर्दै विकास भनेको सबैको साझा भएको र कुनै राजनितिक पुर्वाग्रह नराखी सबैको अपनत्व हुने गरी सबै मिलेर विकास निर्माणमा लाग्नुपर्ने बताए । पुल निर्माण भएपनि उक्त स्थानमा पुग्न कच्ची बाटो हिंड्नुपर्ने बाध्यता छ । तर बाटोपनि चाँडै बन्ने प्रदेश सांसद दीपक कोईरालाले बताए । बाटोका लागि प्रदेश सरकारले ७५ लाख विनियोजन गरिसकेको छ भने पुल निर्माणबाट बचत भएको १५ लाखपनि बाटो निर्माणमै खर्चिनका लागि राखिएको छ । ‘बाटो बनाउन बजेटको अभाव छैन । यहि आर्थिक वर्षमा बाटो बन्छ’–उनले भने ।

यसै गरी वेगनासताल धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष धु्रवनाथ अधिकारीेले रुपा ६ को भंगरा र पोखरा ३१ को पचभैयालाई जोड्ने भोलुङ्गे पुलले विकास र सम्बृद्धिको बाटो खुलेको बताउँदै लोकतन्त्रमा सबैले विकासको अनुभुति गर्न पाउनुपर्नेमा जोड दिए ।

No description available.

यसै गरी पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दिन नाथ ढकालले पुल निर्माणको कार्यको ऐतिहसिक पृष्ठमुभमिका बारेमा जानकारी दिंदै २५ वर्ष पछि झोलुङ्गे पुल नर्माण कार्य भएकोमा खुशी व्यक्त गरे । पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले स्वागत गर्दै पुल निर्माण कार्यले पचभैया र भंगरामा धार्मिक, पर्यटन तथा आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पुल निर्माणसँगै पोखरा–३१ र रुपा–६ आपसमा जोडिएका छन् । यसअघी तालले छुट्टिएका यी दुई ठाउँ पुल निर्माणपछि भौतिक रुपमा जोडिएका हुन् । उसो त पुल निर्माणसँगै पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । पुल निर्माण भएर उद्घाटन नहुँदै दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानियले बताए ।

सिमल डाँडा आमा समुहकी अध्यक्ष लक्ष्मी गुरुङले यो क्षेत्रमा पुल निर्माण हुँदा धेरै खुशी लागेको भन्दै यस पूण्य कार्यमा आमा समूह लागिपरेको बताइन् । पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सोही वडाका सचिव दुर्गा न्यौपानेले गरेकी थिइन् ।

Previous Post

आमा उमादेवी गुरुङको स्मृतिमा श्रीमद्भागवत सप्ताह महापुराण हुने

Next Post

स्थानीयले शुरु गरे वेगनासताल राउन्ड ट्रेल निर्माण तथा सफाई अभियान

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्थानीयले शुरु गरे वेगनासताल राउन्ड ट्रेल निर्माण तथा सफाई अभियान

स्थानीयले शुरु गरे वेगनासताल राउन्ड ट्रेल निर्माण तथा सफाई अभियान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?