लेखनाथ २२ असार । पोखरा २६ बुढिबजारमा रहेको सिलिङ्गे कृषि उत्पादक सहकारी सस्थाले आफना शेयर सदस्यको आय आर्जनमा बृद्धि हुने गरि विभिन्न किसिमका कृषी समाग्रीहरु वितरण गरेको छ ।
कृषि ज्ञानकेन्द्र को पहल र संस्थाको आर्थीक लगानीमा १०वटा हाते टेक्टर, १५ थान डिजीटल तराजु, कम्पोष्ट विन, मल्चीङ पलष्टीक, भकारो सुधार, पोलिथिन पाईप र हजारी लगातका विभिन्न कृषि सामाग्रीहरु एक सय २० जनालाई बितरण गरिएको हो ।
कार्यक्रमको उद्घघाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री मणिभद्र कंडेलले कृषकलाई हरेक कृषि सम्बन्धि ज्ञान दिनु र सीप सहित आय आर्जनमा जोडिने कार्यक्रम ल्याउनुपर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम गौतमले उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भरका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जल्धारे सहकारीका अध्यक्ष श्रीकान्त ढुङ्गाना, पोखरा महानगपालिका वडा नं २६ का जनप्रतिनिधी सुदिपराज ढुङ्गाना, सहकारीका सल्लाहकार मुरारी शर्मा , सल्लाकार देबेन्द्र रानाभाट, कृषि सामाग्री बितरण संयोजक सूर्य प्रकाश बन्जरा लगायतले कार्यक्रमको उदेश्य र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।
सहकारीका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरीप्रसाद अधिकारी र स्वागत मन्तव्य उपाध्यक्ष यदुनाथ बरालले गरेका थिए ।
Discussion about this post