लेखनाथ, १८ असार । सनराईज बैंक लिमिटेड बुढीबजार शाखाले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत फोहोर मैला व्यवस्थापनमा सघाउ पुर्याउने उद्धेश्यले पोखरा ३२ स्थीत साझा साँस्कृतिक समाज लाई ७ थान डस्टबिन उपलब्ध गराएको छ ।
नागरिकहरुको स्वास्थ जीवनको चाहना र सफा टोल बनाउने अभिलाषामा केही हदसम्म पनि टेवा पुगोस् र यस्तो अभियानमा हामी पनि सँग सँगै छौं भन्ने उद्देश्यले डस्टबिन वितरण गरिएको बैकका शाखा प्रबन्धक प्रदिप पौडेलले बताए ।
आफ्ना ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराउने अभिप्रायले सनराईज बैंकले देशका विभिन्न भागमा आफ्नो सेवा सचालन गर्दै आइरहेको छ । शनिबार आयोजित औपचारिक कार्यक्रममा साझा साँस्कृतिक समाजका अध्यक्ष लगायत समितिका अन्य सदस्यहरुलाइ बैंकको बुढिबजार शाखाका कर्मचारीहरुले डस्टबिन हस्तान्तरण गरेका थिए ।
बैंकले बुढिबजार शाखा मार्फत साबिक लेखनाथ क्षेत्रका ग्राहकलाई सहज बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंकले १३९ वटा शाखा, ९० वटा शाखा रहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५९वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Discussion about this post