पोखरा महानगरपालिका वडा नं वडा नं २७ को वडा अध्यक्षमा पुर्ण कुमार गुरुङ्गले आफ्नो कार्यकाल फेरी दोराउन चाहेका छन् ।
पाँच वर्षे कार्यकालको समिक्षा गर्दै उनले आफुले वडा नं २७ को विकासमा कुनै कसुर वाँकी नराखेको वताए । उनले वडा नं २७ मा वाटो पिच गर्ने काम करिव ९० प्रतिशत वढि भएको वताए ।
वडामा आफू आएपछी हाल रहेको वडा कार्यलयमा महानगर को कोविड अस्पताल सञ्चालन गर्न दिईएको र हाल भाडामा वडा कार्यलय सञ्चालनमा रहेको वताए ।
आगामी ५ वर्षमा वडा कार्यलय भवन निर्माण गर्ने लगाएत अन्य विकास निर्माणको कामहरु गर्ने जानकारी गराए । तालचोक देखी वेगनासताल सम्मको वाटो निर्माण आफ्नो प्रथमिकता रहेको र त्यस वारेमा महानगरमा निरन्तर दवाव दिँदै आएको समेत वताए ।
आगामी ५ वर्षमा साविक लेखनाथको मुख्य वजार रहेको तालचोक र अघौं चोकमा व्यपारिक हव वनाउने र कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थललाई पर्यटकिय आकर्षण केन्द्रको रुपमा विकास गर्दै लैजानेमा जोड दिएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी सँग गठवन्धन गर्दै सहकार्य र समझ्दारीमा आफुले चुनाव जिते पनी एमाले पार्टी सँग सल्लाह गर्दै एकिकृत विकासका योजना आफूसँग रहेको गुरुङ्ग वताउँछन् ।
Discussion about this post