वेगनास, बैशाख २१
आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नं ३१ मा गठबन्धनको घरदैलो तिव्र बनेको छ ।
नेपाली कांग्रेस, नेकपा एस तथा नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले निरन्तर घरदैलो गर्दै आएको छ ।
नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार ढकनाथ कंडेल भन्छन् गठबन्धनको टिमलाई एकपटक सेवा गर्ने मौका दिन आग्रह गरे ।
पर्यटकीय गन्तव्य समेत रहेको वेगनासताललाई प्रवर्द्धन गर्दै थप पुर्वाधार बिकास गर्न माथिल्लो निकाय सम्म आवश्यक पहल गर्ने बडा अध्यक्ष पदका उम्मेदवार कंडेलले बताए।
भ्रष्टाचार तथा आसेपासेको अखडा बन्दै आएको ३१ नम्बर वडालाई त्यस्तो कार्यलाई क्लिन स्विप गर्दै जनताहरुको सेवामा २४ सै घन्टा खटिने प्रतिबद्धता समेत गरेका छन् ।
गठबन्धनबाट वडाध्यक्ष पदमा नेपाली कांग्रेसका ढकनाथ कंडेल, दुई खुल्ला सदस्यमा नेकपा एसका शोभामोहन सुवेदी र नेकपा माओवादी केन्द्रका भरतराज ढकाल त्यस्तै महिला सदस्य तथा दलित महिला सदस्यमा क्रमशः नेकपा माओवादी केन्द्रकै मैनादेवी थापा र विन्दु परियार उम्मेदवार रहेका छन् ।
Discussion about this post