• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

वेगनासतालमा जलकुम्भी सरसफाई शुरु

Ramsharan Nepali by Ramsharan Nepali
March 27, 2022
in समाचार, स्थानीय
0
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, चैत ११ l
पोखराकै दोश्रो पर्यटकीय गन्तव्य वेगनासतालमा जलकुम्भी झार को प्रकोप नियन्त्रणका लागि शुक्रबारबाट जलकुम्भी सरसफाई अभियान शुरु गरिएको छ ।

होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ, बेगनासताल मत्स्य व्यवसायी समिति र बेगनासताल डुंगा व्यवसायी समितिको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धनमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले मानवसिर्जित समस्या र अतिक्रमणका कारण ताल मासिने क्रम वढ्दै गएकाले होटल व्यवसायी, मत्स्य व्यवसायी, डुंगा व्यवसायी लगातका सरोकारवाल संघ संस्जथा र निकायले चासो दिनुपर्ने वताएका थिए ।

भण्डारीले तालको विकासका लागि बाह्य लगानी भित्राउनुको साटो सबै सरोकारवालाहरु मिलेर सहकारीको अवधारणा अनुरुप पर्यटकीय पुर्वाधारहरुको विकास एवं उपयोगमा लाग्न आग्रह गर्दै श्रोतको अभावको कारण वोर्डको तर्फबाट नियमित बजेटको व्यवस्था गर्न नसकेको भए पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस्तै होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पुर्व अध्यक्ष दुर्गा अधिकारीले नेपाल पर्यटन बोर्डको तर्फबाट प्राप्त १ लाख ७० हजारबाट स्थानीय मत्स्य व्यवसायी एवं डुंगा व्यवसायीहरुलाई दैनिक रुपमा निश्चित ज्याला प्रदान गरी १५ दिनसम्म कार्यक्रम सञ्चालन गरिने वताएका थिए ।

कार्यक्रममा सिड फाउन्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापाले वि.सं. २०५८ जसालदेखी तालमा जलकुम्भी झार देखीन थालेको वताउँदै २०५९ देखी समस्याको रुपमा आएको र ६० सालदेखी निरन्तर १० वर्षसम्म खाजाको पैसाको भरमा जलकुम्भी हटाउने कार्य गर्दै आएकोमा स्थानीय मत्स्य व्यवसायीहरुको ठुलो योगदान रहेको वताएका थिए ।

आम्दानीको श्रोत समेत बनाउँदै आएका डुंगा व्यवसायीहरुले कम्तीमा पनि साताको एक पटक सरसफाईको अभियान सञ्चालन गर्न सके उचीत हुने वताउँदै यसको लागि नियमित वजेटको व्यवस्था गरिदिन पर्यटन बोर्डलाई समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारी, बेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी, जलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त पौडेल, वेगनास युवा क्लवका अध्यक्ष निराजन बराल, बेगनासताल महिला समुहकी अध्यक्ष दुर्गादेवी अधिकारी, पिप्ले आमा समुहकी अध्यक्ष माया जलारी लगायतले बोलेका थिए ।

सरसफाई प्रयोजनका लागि पर्यटन बोर्डको तर्फबाट प्राप्त २५ थान गमबुट नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीलाई हस्तान्तरण गरेका थिए ।

होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका अध्यक्ष अर्जुन प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन एशोसियसनका महासचिव विनोदमणी लामिछानेले गरेका थिए ।

Previous Post

वर्ल्डलिङ्कले काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट गर्ने

Next Post

ईलेक्ट्रोमेकानिकलको भित्तेपात्रो विमोचन एवं पारिवारिक वनभोज

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
ईलेक्ट्रोमेकानिकलको भित्तेपात्रो विमोचन एवं पारिवारिक वनभोज

ईलेक्ट्रोमेकानिकलको भित्तेपात्रो विमोचन एवं पारिवारिक वनभोज

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?