सुमन जिसी
लेखनाथ, ६ चैत। पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको डायमण्ड मा.वि. मा डायमण्ड शैक्षिक मेला–२०७८ भव्यताका साथ सम्पन्न भएको छ ।
मेलामा विविध विषयका शैक्षिक सामग्रीको प्रदर्श प्रतिभाहरुको प्रस्तुनी, खेल तथा मनोरञ्जन र स्वादिष्ट खाद्यपरिकारको स्टल तथा साँस्कृती कार्यक्रम प्रर्दशन गरिएको तथा विद्यार्थीहरू आफैको सकृयतामा संचालन गरिएको मेला मा अभिभावकको सकारात्मक प्रतिक्रिया आएको र आफ्ना बाबू नानीको यो कार्यबाट निकैनै खुसी प्राप्त भएको विचार व्यक्त गर्नुभएको विद्यालयका प्राचार्य यम बहादुर रोकाले जानकारी दिनुभएको छ ।
विद्यार्थीको सिर्जनात्मक ज्ञान र रचनात्मक, सीपको प्रर्दशनीका लागि “ज्ञान र मनोरंञ्जन एकै ठाउँमा“ भन्ने उद्घघोषका साथ “ डायमण्ड शैक्षिक मेला–२०७८ को आयोजना गरिएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले जानकारी दिनुभएको थियो । साथै सोच बमोजिकको मेला हुन गएकोमा सुखी समेत व्यक्त गर्नुभएको थियो ।
खेल, आर्ट, घरमा बनेको मिठाइँ, खानाका गरि विभिन्न विधाका २० वटा स्टल रहेको मेलामा करिब दुई हजार दर्शकले अवलोकन गरेको विद्यालयका व्यवस्थापक प्रमुख हरि प्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।
Discussion about this post