• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पशुपति र प्रितीका गीतमा दर्शकहरु छमछमी

Lekhnath Khabar by Lekhnath Khabar
March 15, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ चैत ।
लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका छन् । यसैगरी २७ लाख रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
आधा दर्जन गीत संगीतमा प्रस्तुती दिएका चर्चित लोकदोहोरी गायक पशुपति शर्मा दर्शकहरुका विचमा लोकप्रिय बने । उनले लुटन सके लुट कान्छा, लुट्न सके लुट भन्ने गीत प्रस्तुत गर्दा दर्शकहरुले समर्थनमा हुटिङ गरेका थिए । उनले आफ्ना चर्चित आधा दर्जन गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
गायक शर्मा र लोकदोहोरी गायीका प्रिती आलेका विच केही समय दोहोरी व्याटल समेत भएको थियो । शर्मा र आले सँगै गायीका सरस्वती लामिछाने र बालचन्द्र बरालले समेत मनोरञ्जन दिलाएका थिए ।
महोत्सवमा डायमण्ड मा.वि र लेकसिटी एकेडेमी एण्ड मण्टेश्वरीका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने शिशुवा सतसंगको टोलीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
महोत्सवको अर्को आकर्षणको रुपमा रहेको रत्यौलीमा विश्वकर्मा आमा समूह पोखरा २८ र नमूना कृषक आमा समूह पोखरा २६ को प्रस्तुती रहेको थियो ।
महोत्सवमा राखिएका प्राय सवै स्टलबाट सन्तोषजनक व्यापार भएको संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा फेन्सी, गार्मेन्ट तथा भाडाका स्टलहरुमा उल्लेख्य व्यापार भएको व्यवसायीहरुले बताएका छन् । होटल तथा रेष्टुरेण्टमा पनि सन्तोषजनक व्यापार भएको रेष्टुरेण्टवालाले बताए ।
महोत्सव आधा आधी तर्फ उन्मुख भैरहँदा प्रतिकुल मौसमका बावजुद पनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको अध्यक्ष आत्रेयको भनाई रहेको छ ।
महोत्सव कोभिड विरुद्धको भ्याक्सिनेसन स्थल समेत बनेको छ । मंगलबारसम्म एकसय ३७ जनाले कोभिड विरुद्धको भ्याक्सिन लगाएका छन् ।
महोत्सवको वुधबारको आकर्षणमा प्रमोद खरेल रहेका छन् । यसैगरी लोकदोहोरी तर्फ प्रजापति पराजुली र राजन गुरुङ्ग एवं शिला आले र मिना नेपालीलाई आयोजकले स्टेजमा उतार्ने तयारी गरेका छन् ।
महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका तीन सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव चैत्र सात गतेसम्म संचालन हुनेछ ।

Previous Post

समाजशास्त्रीको बिदाइ कार्यक्रम

Next Post

रूपाको पालिकागान सार्वजनिक (भिडियो सहित)

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
रूपाको पालिकागान सार्वजनिक (भिडियो सहित)

रूपाको पालिकागान सार्वजनिक (भिडियो सहित)

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?