लेखनाथ, १ चैत ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना भएको लेखनाथ क्योकुशिन –कान कराते डोजोले मंगलवार आफनो १३ औं स्थापना दिवस मनाएको छ ।
स्थापना काल देखि खेलकुदका क्षेत्रमा काम गर्दै सस्थाले लेखनाथको भण्डारढीक खेल मैदानमा आफनो स्थापना दिवस मनाउदै टोल टोलमा खेलकुदका संरचना बनाउन सवैमा आग्रह गरेको छ ।
कार्यक्रमको सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङले खेलकुदको क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन प्रशिक्षण र प्रतियोगिता अनिवार्य भएकाले यसमा स्थानिय निकायको साथ र सहयोग रहिरहने धारणा राख्नु भएको थियो ।
लेखनाथ क्योकुशिन –कान कराते डोजोका अध्यक्ष रमेशकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, क्योकुशिन –कान कराते डोजो कास्कीका अध्यक्ष लक्ष्मण कुवँर,कास्की जिल्ला टेकन्दो संघका अध्यक्ष कुमार गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा,आदर्श युवा क्लवका सचिव पदम गुरुङ,छत्र शक्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष प्रेम बहादुर थापा र खेलप्रेमी सुदिप आचार्य लगाएतले खेलकुदले शरिरलाई श्वच्छ र मनलाई आनन्दीत बनाउने तर्क राख्नु भएको थियो ।
साहायक प्रशिक्षक विनोद नेगीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रशिक्षक सुभाव खड्काले गरेका थिए भने उक्त अवसरमा गत फागुन ७ गते भएको विभिन्न चरणका परिक्षामा उत्रिण सफल खेलाडीलाई तह अनुसारको ब्यल्ड प्रदान गरिएको थियो ।
Discussion about this post