लेखनाथ, २१ फागुन । चन्द्रकालीका मन्दीर व्यवस्थापन समिति पोखरा–२७ को अध्यक्षमा पुन लक्ष्य बहादुर खत्री चयन भएका छन । संस्थाको शनिबार सम्पन्न प्रथम साधारण सभा एवं अधिवेशनले खत्रीलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्ण शर्मा अधिकारी, सचिवमा कृष्ण लामिछाने, कोषाध्यक्षमा कृष्ण रिजाल, सदस्यहरुमा लक्ष्मी पौडेल, दिनानाथ पौडेल, लक्ष्मी नेपाली, चन्द्र बहादुर राना र हिम ब. ढकाल रहेका छन भने बाँकी सदस्य पछि थप गरिने भएको छ ।
यस्तै संस्थाको सल्लाहकारहरुमा बोधराज लामिछाने, हरि त्रिपाठी, लिलामणी भण्डारी, त्रिलोचन लामिछाने, शिवमणी भण्डारी, भानुभक्त लामिछाने, अर्जुन पौडेल र विष्णु पौडेललाई चयन गरिएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालीका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्गले धर्म संस्कृतिले मानिसलाई अनुशासनमा बाँधेको वताउँदै अनुशरणयोग्य कुराहरुलाई पछिल्लो पिढिंले पनि जोगाउनुपर्ने वताएका थिए ।
कार्यक्रममा पोखरा–२७ का वडा सदस्यहरु प्रेम बराल, सरु नेपाली, माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य छवि लामिछाने, वडा ईञ्चार्ज गोविन्द वाग्ले, सामुदायिक सेवा केन्द्र लेखनाथका निवर्तमान अध्यक्ष रमेश ओझा, पुष्पकमल ढुंगाना, संस्थाका पुर्व सल्लाहकार शिव मोहन अधिकारी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष लक्ष्य बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–सचिव शिवमणी भण्डारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव बिमला पहारीले गरेकी थिईन ।
Discussion about this post