लेखनाथ ,९ फाल्गुण ।
लेखनाथ उद्योग बाणिज्य संघबाट यहि मिति २०७८ साल फाल्गुण २६ गते देखि चैत्र ७ गते सम्म आयोजना गरिएको १७ औ लेखनाथ महोत्सवलाई सम्पन्न गर्नेे उद्धेश्यले गठित कार्यसम्पादन समिति एवं बिभिन्न उपसमितिका संयोजकहरुको बैठक आईतवार संघको सभाकक्षमा सम्पन्न भएको छ ।
महोत्सव सम्पन्न गर्न गठित मुल समारोह समितिका निर्देशक एवं नेउवामहासंघ केन्द्रिय सदस्य बावुराम गिरीले बर्तमान अवस्थामा बिद्यमान चुनौतिहरुको सामना गर्दे सबैको आंट तथा हौसलाबाट नै महोत्सव सफल हुनेहुदा सवै एक भएर अगाडि बढ्न सुझाव दिनुभएको छ ।
महोत्सवको लागि गठन गरिएका ५४ वटा उपसमितिहरु मध्ये उपस्थित अधिकांश संयोजकहरुले छोटो समयमा महोत्सव सम्पन्न गर्नु पर्ने भएकोले आ आफ्ना उपसमितिले महोत्सवको तयारी सम्बन्धमा भए गरेका प्रगति बिवरणको बारेमा जानकारी गराउनु हुंदै महोत्सवलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नको लागि द्ुततर गतिले अगाडि बढ्रने जानकारी गराउनु भएको छ ।
स्टेज व्यवस्थापन उपसमिति संयोजक एवं संघका सल्लाहकार नेत्रपाणि बास्तोलाले यस महोत्सवमा दर्शकहरुका लागि नयाँ नयाँ कार्यक्रम संचालन गरिने, ख्याती प्राप्त कलाकारहरु बाट लोक तथा दोहोरी गित तथा बिभिन्न सांस्कृतिक कार्यक्रमहरु अयोजना गरिन लागिएको र यस पटक नयां प्रतिभाहरुलाई अवशर प्रदान गरिन लागेको जानकारी गराउनु भएको बैठकको अध्यक्षता संघका अध्यक्ष एवं महोत्सव आयोजक मुल समारोह समतिका संयोजक छत्रधर ओत्रयले गर्नु भएको थियो ।
Discussion about this post