पोखरा । पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) र सभागृहचोकमा मुख्य कार्यालय रहेको बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कडेंल, प्याथोलोजी विभागका प्रमुख सुमनराज पौडेल र सहकारीको तर्फबाट अध्यक्ष धर्मराज भण्डारी र सचिव सुजनबाबु अधिकारीले हस्ताक्षर गरेका छन् । सहकारीका सदस्यले ल्यावमा परीक्षण गर्दा ३० प्रतिशत सम्म छुट दिने सम्झौता गरेको ल्यावका प्रवन्ध निर्देशक कडेंलले जानकारी दिए ।
सो अवसरमा सहकारीका उपाध्यक्ष सुशिला अधिकारी, कोषाध्यक्ष शान्तीकुमारी सिग्देल, सहकोषाध्यक्ष गोविन्द भट्टराई, संचालक राजेश भण्डारी, गायत्री अर्याल, सहायक कार्यकारी प्रमुख अनुज पौडेल लगायत उपस्थित थिए । सहकारीका सदस्य तथा कर्मचारीले लाइफकेयरमा परीक्षण गराउँदा बिशेष छुट प्राप्त गर्ने बताइएको छ ।
सो अवसरमा वोल्दै कडेंलले रगतमा गरिने सबै जाँचहरु जस्तै, थाइराइड, हर्मोन, भिटामिन डि, बि १२, क्यान्सर सम्बन्धी जाँच, सिइए, सिएवान २५, एएफपि, पिएसए लगायतका परीक्षण लाइफ केयरमा हुँदै आइरहेको जानकारी दिए । संक्रमण सम्बन्धी हेपाटाइटिस, एचआइभी, टिभी, इन्फ्एन्जा, डेङगु, मलेरियाको परीक्षण पनि हुन्छ, उनले भने । ल्यावले सेवाग्राहीलाई गुणस्तरिय तथा सर्वसुलभ रिकाले सेवा प्रदान गर्दै आइरहेको छ ।
ल्यावले कोरोना परीक्षण गर्ने अनुमती लिएर सेवा प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिव तथा विपन्नलाई छुट तथा निःशुल्क सेवा समेत प्रदान गर्दै आइरहेको छ । प्याथोलोजी, माइक्रो बायोलोजी, मलिक्युलर बायो केमेष्ट्रि मार्फत विज्ञहरुको निगरानीमा सेवा प्रदान गर्दै आएको छ ।
सहकारीको शेयर पुँजी १३ करोड रहेको र ८५ करोडको कारोवार भएको अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए । सहकारीको ४ हजार ४ सय ९० जना शेयर सदस्य छन् । पोखराको हेम्जा, बिरौटा, तालचोक र माझठानामा गरि ४ सेवा केन्द्र रहेको उपाध्यक्ष सुशिला अधिकारीले जानकारी दिइन् ।
Discussion about this post