पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शुक्रराज कंडेल निर्वाचित भएका छन् ।
संस्थाको पाँचौं अधिवेशनबाट कंडेल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
संस्थाको उपाध्यक्षमा रुद्रबहादुर विक, सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा सृजन श्रेष्ठ निर्वाचित भए ।
यसैगरी कार्यसमिति सदस्यमा मनोज रसाइली, गोपाल भूषाल, कृष्णबहादुर लम्साल, शिवसंसार श्रेष्ठ, रवि विक, डिल्लीराज पाण्डे, सावित्री क्षेत्री, सुमन पहारी र सकुन्तला श्रेष्ठ रहेका छन् ।
यता, लेखा सुपरीवेक्षण समितिमा रामचन्द्र पौडेल संयोजक, लक्ष्मी प्रसाद शर्मा र डिलप्रसाद पोखरेल सदस्य छन् ।
Discussion about this post