• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

आत्महत्या न्युनिकरण र रोकथाम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
December 22, 2021
in समाचार, समाज, स्थानीय
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ ७ पौष ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कालिकाले आत्महत्या न्यूनिकरण र रोकथाम सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

पोखरा २८ वडा कार्यलयको सभाहलमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले समाजमा विकृति, विसंगति मध्ये आत्महत्या बृद्धि हुँदै जानु पनि एक बताउँदै प्रहरी, नागरीक समाज, सामाजिक अभियन्ताहरु लगायत सबै सरोकारवालाहरुको समन्वयबाट आत्महत्या न्यूनिकरण गर्न सकिने बताएका थिए ।

मरासिनिले सामुदायिक सेवा मार्फत समाजमा भएका विभिन्न समस्याहरुको समाधान गर्न सहज भएकोले नागरीक र प्रहरी विचको सम्बन्ध सुमधुर हुँदै गएको बताए ।

यसै गरी पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष एवम् सामुदायिक सेवा केन्द्रका सल्लाहकार निर्मल दियालीले वडा कार्यालय, सामुदायिक सेवा केन्द्र, सामाजिक व्यक्तित्व सबैले आफ्नो टोलमा नागरीकलाई सचेत गराउनुपर्नेमा जोड दिंदै विकृति, विसंगति रहित समाजको निर्माणमा हामी सबैको सकारात्मक सोचका साथ साझा संकल्प हुनुपर्नेमा जोड दिएका थिए ।

सामुदायिक जिल्ला समन्वयका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, वडा नं.२८ का वडा सदस्य अम्बिका बुढाथोकी, नेपाली कांग्रेस वडा नं.२८ का सभापति विश्वरमण अधिकारी, नेकपा माओवादी केन्द्र वडा नं.२८ का अध्यक्ष यज्ञ प्रसाद तिवारी लगायतले समाजमा हुने विकृति र विसंगति न्यूनिकरण गरी सभ्य समाजको निर्माणमा जोड दिएका थिए ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा प्रहरी नायब निरिक्षक पोखराका होत बहादुर रोकाले आत्महत्याका कारण, आत्महत्या पूर्व देखिने संकेत, आत्महत्याको कारणहरु, आत्महत्या रोकथाम र उपायहरु लगाएत विषयमा प्रशिक्षण दिएका थिए भने पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशषज्ञ डा.राजन शर्माले उपस्थित विद्यार्थीहरु एवम् नागरीकले राखेको मानसिक रोगसँग सम्बन्धि जिज्ञासाहरुको बारेमा स्पष्ट पारेका थिए ।

विद्यार्थीहरु, शिक्षकहरु, नागरीक समाज, महिला समूह, लगायतको उपस्थिति रहेको उक्त प्रशिक्षणको कार्यक्रमको स्वागत सामुदायिक सेवाका सचिव एवम् कार्यक्रम संयोजक विकल केसीले गरेका थिए भने सामुदायिक सेवा केन्द्र कार्यसमितिका सदस्य सागर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

नागरीक परोपकारको न्यानो कपडा संकलन एवं वितरण अभियान

Next Post

विविध कार्यक्रमका साथ १३८औं लेखनाथ जयन्ती मनाईने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
विविध कार्यक्रमका साथ १३८औं लेखनाथ जयन्ती मनाईने

विविध कार्यक्रमका साथ १३८औं लेखनाथ जयन्ती मनाईने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?