रामशरण नेपाली
लेखनाथ, ७ पुस । नागरीक परोपकार समन्वय संस्था पोखरा–३० ले प्राकृतिक विपत्ति, आगलागी र गरिबिका कारण चिसो र कपडाको अभाबले समस्या परेकाहरुका लागी न्यानो कपडा संकलन तथा बितरण कार्यक्रम शुरु गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले राज्यले गर्नुपर्ने काम संस्थाले गरेकोमा आभार प्रकट गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार रमानाथ पौडेल, दाताहरुको तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य गंगा मल्ल, यूवा परिचालन उप–समितिका संयोजक शिवराज सुवेदी लगायतले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबैले निरन्तर हातेमालो गर्नुपर्ने र क्लोथ बैंकको अवधारणालाई अगाडी वढाउनुपर्ने वताएका थिए ।
संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक चिरञ्जीवी तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रामराज अधिकारीले र धन्यवाद ज्ञापन सहसचिव गिता जमरकट्टेलले गरेकी थिईन ।
संस्थाले कार्यक्रम लाई दिगो रुपमा सन्चालन गर्न आफ्नो ब्यापारिक स्थल, ब्याबसायिक प्रतिष्ठान, उद्योगमा लामो समय स्टक रहेका, फेसन आउट भई बिक्रि नभएका लगायतका कपडाहरु सहयोग गर्नका लागी आव्ह्वान गरेको छ ।
Discussion about this post