लेखनाथ,३ पुस । श्रीभण्डार पट्नी बहुउदेश्यीय सहकारी सस्था लि.को अध्यक्षमा पदम प्रसाद अधिकारी चयन भएका छन । सहकारीको शनिबार सम्पन्न २० औ वार्षिक साधारण सभा तथा ९औं अधिवेशने अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एक नारायण अधिकारी, सचिवमा सपना न्यौपाने, कोषाध्यक्षमा राम प्रसाद आचार्य, सदस्यहरुमा लाल प्रसाद प्रधान, विनोद पाण्डे, युवराज अधिकारी, जमुना पौडेल, सावित्री भण्डारी, विष्णु हरि पौडेल र उमा सु्वेदी रहेका छन ।
यस्तै शंकर बहादुर के.सी संयोजकत्वमा शिव प्रसाद भट्टराई र पुष्पा आचार्य सहितको लेखा समिति चयन गरिएको छ भने ईन्दिरा कुमाल संयोजक रहने गरि शिक्षा उप–समिति चयन गरिएको छ ।
साधारण सभा तथा नवौं अधिवेशने सनिवार उद्घाटन गर्दै वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङले छरिएर रहेको पुजीलाई एकिकृत गरि सेयर सदस्यको आय आर्जन वढाउने क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राख्दै सहकारीले पैसाको मात्र कारोवार नगरी कृषीको माध्यमबाट उत्पादनमा जोडिनु पर्ने धारणा व्यक्त गरेका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका उप महासचिव जानुका अधिकारीले सहकारीले ब्यवसायिक उत्पादनलाई प्रथामिकता दिनु पर्नेमा जोड दिएकी थिईन भने हिमाल डेरीका सञ्चालक शिवहरी आचार्य र सेयर सदस्य दिपकमणि भण्डारीले सहकारीले पशुपालनका क्षेत्रमा ठोस कार्ययोजना बनाएर अगाडी वढ्नु पर्ने सुझाव व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष पदम प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एक नारायण अधिकारीले धन्यवाद र सचिव शक्तिवल्लभ ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए ।
हालसम्म सहकारीको चुक्ता पुजी दुई करोड ६२ लाख २७ हजार तिन सय तीन पुगेको छ । श्रीभण्डार पशुपालन बहुउदेस्य सहकारी सस्था र तत्लोे पट्नेरी कृषि सहकारी सस्थाका विच एकिकरण भई कुल चार सय ३१ सेयर सदस्यहरुबाट गत आर्थीक वर्षको तुलनामा ९.५८ प्रतिशतले बृद्धि गरि चुक्ता पुजी दुई करोड ६२ लाख २७ हजार तिन सय तीन पु¥याउन सफल भएको हो ।
Discussion about this post