मंसिर ५, लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले विद्यार्थीहरुका लागि स्टेशनरी सहयोग एवं आत्मरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम आईतबार सम्पन्न गरेको छ ।
संस्थाले पोखरा–३० मोहोरिया स्थित नवज्योति सनत दुर्गा आधारभुत विद्यालयमा अध्यनरत ४४ जना विद्यार्थीहरुका लागि स्टेशनरी वितरण गनुृका साथै आत्मरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडा सदस्य सोमलाल कँडेलले केन्द्रले आयोजना गरेको कार्यक्रमप्रति आभार व्यक्त गर्दै बालबालिकामाथी हुन सक्ने हिंसाको विषयमा दिईने प्रशिक्षणले उनीहरुमाथी हुनसक्ने हिंसाको न्यूनीकरण गर्न सकिने वताएका थिए ।
तलिममा विद्यार्थीहरुको उमेर समुहका बालबालीकाहरुमाथी हुन सक्ने जोखीम, यौनजन्य हिंसा र अपराधहरुबाट जोगीन अपनाउनुपर्ने प्राथमीक सजगता देखी आत्मरक्षा र कानुनी प्रावधानहरुको विषयमा प्रशिक्षक प्रहरी नायब निरीक्षक होत बहादुर रोकायाले प्रशिक्षण दिएका थिए ।
संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्र.अ. रमा पौडेलले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण अधिकारीले गरेका थिए ।
Discussion about this post