लेखनाथ १, मंसिर – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते गण्डकी प्रदेश अधिवेशन हुँदैछ। उक्त अधिवेशनमा पोखरा ३१ बाट ईन्जिनियर सुर्य बहादुर पाण्डेले प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।
सिंगो पार्टी, समाज र मुलुक रुपान्तरणका लागि आफ्नो ज्ञान सीप अनुभव र क्षमताको उपयोग गर्दै नयाँ दृष्टिकोण र लक्ष्य सहित नेपाली कांग्रेसलाई प्रदेश स्तरमा प्रबिधिमैत्री योजना तर्जुमा गर्नका लागि उम्मेदवारी प्रस्तुत गरेको पाण्डे ले जानकारी दिएका छन्।
नेपाली कांग्रेसको नवौं बिधान संसोधन २०७५ मा आफ्नो क्षेत्र भित्रका बिकास निर्माणका कामलाई अनुगमन मुल्यांकन, गुणस्तरीय र छिटो सम्पन्न गराउन पार्टीको तर्फबाट उल्लेख भुमिका खेल्दै निर्वाचन घोषणा पत्र कार्यान्वयनमा समन्वयकारी भुमिका निर्वाहका लागि आफुले उम्मेदवारी दिएको उल्लेख गरेका छन्।
पार्टीको सिद्धान्त, उदेश्य नीति तथा कार्यक्रम अनुसारका योजना तर्जुमा, सम्भावना अध्ययन गरेर प्रबिधिमैत्री योजना निर्माण गर्न लगायतका विभिन्न उदेश्य राखेर प्रदेश अधिवेशन प्रतिनिधिको लागि चुनावी मैदानमा आएको बताएका छन्।
बिगत २४ वर्षदेखि ईन्जिनियरिङ्ग पेसामा अनुभव संगालेका पाण्डे विद्यार्थी राजनीति देखि नै सकृय रहेका थिए। नेविसंघ पश्चिमाञ्चल क्याम्पस ईकाईको उपसभापति बनेका उनी २०५१ देखि नेपाली कांग्रेसको कृयासिल सदस्य बनेर सकृय रहेका छन् ।
सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपालमा आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका पाण्डे लोकतान्त्रिक इन्जिनियरहरुको प्रतिनिधित्व गर्दै नेपाल ईन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितीमा केन्द्रिय सदस्यको उम्मेदवार बनेका थिए।
सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स सिडिईनमा क्रियाशील रही नेपाल ईन्जिनियर्स एसोसीएशनका विभिन्न विभागमा रही काम गरेसकेका छन्।
Discussion about this post