सुमन जिसी
लेखनाथ, २४ कार्तिक । पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा जारी चौथो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेस्रो दिन क्रिकेटका सेमिफाईनल खेल सम्पन्न भएको छ ।
अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको तेस्रो दिन क्रिकेटका सेमिफाईनल खेल सम्पन्न भएको विद्यालय प्रबिधि तथा मिडिया संयोजक सुमन जिसीले जानकारी दिएका छन् ।
तेस्रो दिनको पहिलो क्रिकेट खेल विद्यालय समुह र कक्षा ११ व्यवस्थापन समुह बिचको खेलमा कक्षा ११ व्यवस्थापन समुह ७२ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कक्षा ११ व्यवस्थापन समुहले समिप गुरुङको ४१ रनको मद्धतमा ११३ रन बनाउन सफल भएको थियो । ११४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रियको स्कुल समुहलाई ४१ रनमा समेतदै कक्षा ११ व्यवस्थापन समुह विजयी भएको हो । उक्त खेलका ४१ रन बनाउन सफल कक्षा ११ व्यवस्थापन समुहका समिप गुरुङ म्यान अफ द म्याच बनेका छन् ।
दोस्रो खेलमा कक्षा १२ व्यवस्थापन समुह र कक्षा १२ विज्ञान समुह बिच भएको खेलमा कक्षा १२ विज्ञान समुह ३२ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको विज्ञान समुहले ५ विकेटको क्षतिमा ६२ रन बनाएको थियो ६३ रनको लक्ष्य लिएर मैदानमा उत्रियका कक्षा १२ व्यवस्थापन समुहलाई रोशन र उद्धव बरालले चार चार विकेट लिदै ३० रनमै समेट सफल भएका थिए । उक्त खेलमा तिन ओभर बलिङ गर्दै ५ रन दिएर ४ विकेट लिन सफल उद्धव बराल म्यान अफ द म्याच बनेको विद्यालयमा खेलकुद शिक्षक बिनोद थापाले जानकारी दिएका छन् । कक्षा ११ व्यवस्थापन समुह र कक्षा १२ विज्ञान समुह जित सँगै फाइनलमा प्रवेश गरेका छन् । दुई समुह बिचको फाईनल खेल कार्तिक २५ गते विहान ९ बजे हुने बताइएको छ । चौथोे डायमण्ड रनिङ सिल्ड यहि कार्तिक २६ गतेसम्म संचालन हुने बताईएको छ ।
Discussion about this post