लेखनाथ,६ कार्तिक। लाइफकेयर डायग्नोष्टिक प्रा.लि. (लाइफ केयर) ल्याब पोखराल कोभिड–१९ एन्टिबडी परीक्षण सेवा सुरु गरेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी गण्डकी प्रदेशमै पहिलो पटक यो सेवा सुरु गरिएको ल्याबका प्रवन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए ।
एन्टिबडी परीक्षण गरी एक घन्टाभित्र सेवाग्राहीलाई रिपोर्ट उपलब्ध गराइने ल्याबले जनाएको छ ।
पोखराको न्युरोडमा रहेको लाइफ केयर गण्डकी प्रदेशकै ‘क’ वर्गको एक मात्र प्रयोगशाला हो । डायग्नोष्टिकले निजी स्तरबाट कोभिड १९ परीक्षण गर्न समेत नेपाल सरकारबाट स्वीकृत प्राप्त गरि सरल र सहज रुपमा सेवा प्रदान गरिरहेको छ । यहाँ कोभिड परीक्षण गरेको गरेको रिपोर्ट विदेश जानका लागि पनि मान्यता प्राप्त छ । विदेश जाने प्रयोजनका लागि कोभिड परीक्षण गर्नका लागि पासपोर्ट र फोटो लिएर आउनसमेत कँडेलले आग्रह गरे ।
ल्याबमा अत्याधुनिक प्रविधिको प्रयोगबाट रक्तपरीक्षणहरु भइरहेको कँडेलले जानकारी दिए ।
Discussion about this post