• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

सिलिङ्गे कृषि सहकारीको अध्यक्षमा रानाभाट

Lekhnath Khabar by Lekhnath Khabar
October 23, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

कार्तीक ५, लेखनाथ ।
सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था पोखरा–२६ को अध्यक्षमा ठाकुर प्रसाद रानाभाट निर्वाचित भएका छन । संस्थाको शुक्रबार सम्पन्न १३औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले ठाकुरलाई आगामी चार बर्षका लागी सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा यदुनाथ बराल, सचिवमा ईश्वरी प्रसाद अधिकारी, कोषाध्यक्षमा सोमनाथ उपाध्याय अधिकारी, सदस्यहरुमा चिन बहादुर थापा, प्रमिला बराल, मिरा सिग्देल, किशोर मोहन भटराई, शिवहरी राना, कृष्णहरी ढुंगाना र पुरुषोत्तम ढुंगानालाई चयन गरेको छ । यसैगरि लेखा समितिको संयोजकमा सन्दिप ढुंगाना र सदस्यमा सञ्जिव गौतमलाई चयन गरिएको निर्वाचन समितिका सदस्य ज्ञानेन्द्रमोहन भट्टराईले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजीक विकास मन्त्री मेखलाल श्रेष्ठले सहकारी बिना राज्य सञ्चालन हुन नसक्ने बताउँदै सहकारी र निजि क्षेत्रको आवश्यकता सरकारलाई सधै रहने वताएका थिए ।

मन्त्री श्रेष्ठले सहकारीले सञ्चालन गरेका उत्पादनमुखी कार्यक्रमको प्रशंसा गर्दै अन्य सहकारीले पनी आफ्ना सदस्यहरुलाई उत्पादनमुखी कार्यक्रमको माध्यमबाट आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नारायणप्रसाद बरालले आफ्नो वडा भित्र १६ बन्दा बढि सहकारी संस्थाहरु सञ्चालनमा रहेको बताउँदै उत्पादनमुखी कार्यक्रमहरुका लागी कर्जाको ब्याजदरमा सहुलियत दिई सदस्यहरुलाई उत्प्रेरीत गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा कास्की जिल्ला सहकारी संघका पुर्वअध्यक्ष रविरमण तिवारी, नागरीक परोपकार समन्वय संस्था पोखरा–३० का अध्यक्ष राजेन्द्र ओझा, संस्थाका सल्लाहकार कोपिला रानाभाट, पवित्रा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव बहादुर रानाभाट, कास्की वचत संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष शैलेन्द्रमोहन भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष यदुनाथ बरालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सुर्य प्रसाद बञ्जारा र धन्यवाद ज्ञापन सञ्चालक समिति सदस्य ठाकुरप्रसाद रानाभाटले गरेका थिए ।

Previous Post

पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

Next Post

लाइफ केयरद्वारा कोभिड–१९ एन्टिबडी परीक्षण सेवा सुरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लाइफ केयरद्वारा कोभिड–१९ एन्टिबडी परीक्षण सेवा सुरु

लाइफ केयरद्वारा कोभिड–१९ एन्टिबडी परीक्षण सेवा सुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?