• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रमुख जिल्ला अधिकारी लागायतलाई लेखनाथमा स्वागत

Lekhnath Khabar by Lekhnath Khabar
October 21, 2021
in समाचार, समाज, स्थानीय, हेडलाईन
0
प्रमुख जिल्ला अधिकारी लागायतलाई लेखनाथमा स्वागत

प्रमुख जिल्ला अधिकारी लागायतलाई लेखनाथमा स्वागत

0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,४ कार्तिक ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रमुख कर अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुख एस पि, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुखलाई एक कार्यक्रमका विच बिहिवार लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ ।

हालसालै मात्र कास्की जिल्लामा सरुवा भई कर्मथलोको रुपमा आउनु भएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्मा आत्रेय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पि. रमेश थापा, अनुसन्धान कार्यालय कास्कीका प्रमुख मनोज ढकाललाई लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो भने सोहि अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराबाट अर्थ मन्त्रालयमा सरुवा भई जानलाग्नु भएका प्रमुख कर अधिकृत ऋषिराम पोखरेललाई बिदाई गरिएको हो ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुंदै अध्यक्ष आत्रेयले तिनै तहका सरकारको निती, नियम र कानुनको परिधि भित्र रहेर निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खुला अर्थतन्त्र भएको हाम्रो देशमा सरकारले गर्न नभ्याएका सवै कार्यहरु राज्यको तर्पmबाट प्रदान गरिएका अधिकार क्षेत्र भित्र रहेर निजी क्षेत्रले सम्पादन गर्दै आईरहेको वताउनुहुंदै निजी क्षेत्रले आर्थिक बिकासमा देखेका हरेक रचनात्मक सपनामा बर्तमान ऐन नियमको परिधी भित्र रहेर स्थानिय प्रशासनले सदैव सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सोही कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्मा आत्रेयले राजस्व प्रशासनलाई सवल, सुदृढ र सक्षम बनाउनको लागि आन्तरिक राजस्व कार्यालयलाई सदाझै निजी क्षेत्रले सहयोग गर्ने बिश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका अर्का वक्ता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस पि रमेश थापाले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको शान्ति सुरक्षाको लागि जस्तो सुकै सहयोग गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने आन्तरिक राजस्व कार्यालय पोखराबाट सरुवा भई जानलाग्नु भएका प्रमुख कर अधिकृत ऋषिराम पोखरेले आन्तरिक राजस्व कार्यालय र लेउवासंघ बिच रहेको अन्योन्यास्रित सम्बन्ध पछि सम्म पनि कायम रहने बिश्वास रहेको कुरा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेउवा महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, लेउवा संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले निजी क्षेत्रले भोग्नु परेको समस्या, उद्योग स्थापनाको लागि औधोगिक क्षेत्रको आबश्यकताको बारेमा चर्चा गर्नुभएको थियो ।

संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु ) ले संचालन गर्नुभएको उक्त कार्यक्रमलाई बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले धन्यवाद ज्ञापन सहित समापन गर्नु भएको थियो ।

Previous Post

पोखरा र लेखनाथमा १० अर्ब लगानीको अन्तर्राष्ट्रियस्तरको व्यावसायिक भवन बन्ने

Next Post

पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post

पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?