• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा र लेखनाथमा १० अर्ब लगानीको अन्तर्राष्ट्रियस्तरको व्यावसायिक भवन बन्ने

Lekhnath Khabar by Lekhnath Khabar
October 20, 2021
in समाचार, स्थानीय
0
0
SHARES
632
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । ग्लोबल हब बिजनेस पार्क प्रा.लि.ले कास्कीको पोखरा र लेखनाथमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न व्यावसायिक भवन निर्माण गर्ने भएको छ । १० अर्ब लगानीमा पोखरा र लेखनाथमा एक साथ भवन निर्माण सुरु हुने डाइरेक्टर रमेश खाँण ठकुरीले जानकारी दिए । प्रा.लि.ले आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो । २०२२ को जनवरीमा भवनको शिलान्यास हुुने उनले बताए ।

पोखरा क्षेत्रमा विभिन्न व्यापार व्यवसायमा आबद्ध ५० जना व्यवसायीहरुको संयुक्त लगानीमा भवन निर्माण हुन लागेको हो । पुराना ढर्राका व्यवसायभन्दा माथि उठेर फरक शैलीमा आधुनिक तथा अन्तर्राष्ट्रिय सुविधाका साथमा व्यावसायिक भवन बन्ने ठकुरीले बताए । ‘पसल तथा व्यवसायलाई आधुनिकीकरण गर्दै नयाँ तरिकाले अगाढि बढाउनुपर्छ भन्ने हाम्रो सोच हो,’ उनले भने । चार्टर एकाउन्टेन्ट पुष्पराज ढकालको परिकल्पनामा यो परियोजना सुरु भएको हो । उनैको नेतृत्वमा परियोजना निर्माणको कार्य अगाडि बढेको हो ।

सुपरमार्केटमा पाइने सम्पूर्ण सामानदेखि बस्नका लागि होटल, खाजा तथा खानाका लागि रेष्टुरेन्टको सुविधा पनि सोही भवनमा उपलब्ध हुनेछ । अन्तर्राष्ट्रियस्तरका ब्राण्डेड कपडाहरुसहित खेल्नका लागि खेल मैदान, स्पोर्टस हाउसको सुविधा पनि उपलब्ध हुनेछ । ‘फिल्म हलसहित मनोरञ्जन, खेलकुद, खानादेखि सपिङका लागि आवश्यक सम्पूर्ण सेवा प्रदान हुनेछ,’ उनले भने । सबै वर्गका नेपालीको पहुँच पुग्ने गरी व्यावसायिक भवन सञ्चालनमा ल्याइने उनले जानकारी दिए । भवन ७ तला भन्दा माथिको हुनेछ ।

निर्माण हुने भवनमा डिजिटल पार्किङको सुविधा उपलब्ध हुनेछ । ग्राहकले भवन भित्र प्रवेश गरेर गाडी पार्किङ गरिसकेपछि अटोमेटिक सिस्टमबाट माथिल्लो तलमा लगेर गाडी पार्किङ गरिनेछ । फुड कोडमा भेजलाई छुट्टै र ननभेजलाई छुट्टै ठाउँको व्यवस्था हुनेछ । ‘ड्रिङस गर्नेहरुका लागि बारको सुविधा पनि हुनेछ,’ उनले भने ।

७ देखि १० रोपनी जग्गामा भवन निर्माण हुनेछ । निर्माण हुने भवनबाट हिमालको दृश्यसहित पोखरा शहर तथा आसपासका क्षेत्रको दृश्यावलोकन गर्न सकिनेछ । शिलान्यास भएको ३ वर्ष (सन् २०२४) भित्र भवन निर्माण सकी व्यवसाय सञ्चालन गर्ने लगानीकर्ताहरुको लक्ष्य छ । पोखरा र लेखनाथमा भवन सञ्चालनमा आएपछि देशभरका मुख्य शहरमा व्यवसाय विस्तार गरिने ठकुरीले जानकारी दिए ।

पहिलो चरणमा पोखरा र लेखनाथमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र अन्य शहरमा लगानी विस्तार भइसकेपछि ५ हजार भन्दा बढीलाई रोजगारी प्रदान हुने उनले बताए ।

Previous Post

चौरासी पुजाका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

Next Post

प्रमुख जिल्ला अधिकारी लागायतलाई लेखनाथमा स्वागत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
प्रमुख जिल्ला अधिकारी लागायतलाई लेखनाथमा स्वागत

प्रमुख जिल्ला अधिकारी लागायतलाई लेखनाथमा स्वागत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?