लेखनाथ,२१ असोज।
पोखरा महानगरपालिका वडा नं.–२६ मा रहेको जल्धारे बचत तथा ऋण सहकारी सस्ंथा १३ आंै वर्षमा प्रवेश गरेको छ ।
समृद्धिको लागि सहकारी भन्ने मुल नाराका साथ साता दिनको कार्यक्रम पश्चात विहिवार प्रतिनिधी मुलक सहभागीतामा राखिएको १३ औं साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी बिभागका रजिष्टार उदयबहादुर पराजुलीले सहकारीले उत्पादन,प्रशोधन र वजारीकरणलाई आत्मसाथ गर्दै सहकारीको मुल्य,मान्यता अनुसार अगाडी वढ्न सक्नु पर्ने सुझाव राख्नु भएको थियो ।
सहकारीको उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने भएकाले संस्थामा रहने पदाधिकारी र सेयर सदस्यले उत्त्तरदाइ भएर संस्थागत हितका लागि काम गर्नु पर्ने मा जोड दिएका थिए।
सोही अवसरमा वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले सहकारीले स्थानिय स्थरको स्रोत र साधानको प्रयोग गरि सेयर सदस्यको आय आर्जनमा बढवा दिने खालका कार्यक्रम ल्याउनु पर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द ओझाले सहकारीको लगानी उत्पानको क्षेत्रमा हुनु पर्ने सुझाव दिदै सेयर सदस्यको आय आर्जनमा टेवा पुग्ने खालका कार्यक्रम मार्फत अगाडी वढ्नु पर्ने आवस्कता औल्याउनु भएको थियो ।
संस्थाका अध्यक्ष श्रीकान्त ढुगानको अध्यक्षतामा भएको कार्यक्रममा असल बचतकर्ता धरणीधर बराल,सानिमाया गरौजा, बालबचत तर्फ मुस्कान थापा र स्मारिका ढुगाना, उत्कृष्ठ सहकारी अभ्यास तर्फ वलराम न्यौपाने,उक्तम प्रकाश वराल,कल्पना कुमारी पंगेनी, रमेशराज ढुगाना र यम कुमारी गौतम र जेष्ठ नागरिक सम्मान तर्फ कृष्णप्रसाद ढुगाना र चन्द्रकुमारी गुरुङलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष सारदादेवि वरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सस्थाका सल्लाहकार मनोहरी ढुगाना,हरिप्रसाद अधिकारी,सम्मानीत ब्यक्तिहरुको तर्फबाट उत्तमप्रकास बराल,लेखा सुपरिवेक्षण समितिका संयोजक ठाकुरप्रसाद ढुगाना र छिमेकी सहकारीको तर्फबाट मुरारी वराल लगाएतले सहकारीले सेयर सदस्यले जम्मा गरेको सेयर पुजीलाई उत्पादनसिल क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएको उत्त कार्यक्रमको संचालन सचिव विचित्रनाथ ढुगानाले गरेका थिए ।
Discussion about this post