जुम्ला – जुम्लाको सिँजा गाउँपालिकाले स्थानीय २२ वर्षीया राज्यलक्ष्मी हमाललाई एक दिनको लागि पालिका अध्यक्ष नियुक्त गरेको छ । बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्न हमाललाई मंगलबार एक दिनका लागि अध्यक्ष बनाइएको हो ।
लिड एण्ड डिसाइड परियोजना अन्तर्गत हिंसा न्यूनीकरण गर्न र बालिका सबै बराबरी भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको थियो । किशोरीमाथि हुने दुव्र्यवहारको जोखिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहने हमालको भनाइ छ ।
Discussion about this post