• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथका चार संस्थाद्धारा उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

Lekhnath Khabar by Lekhnath Khabar
October 2, 2021
in समाचार, स्थानीय
0
0
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ÷ १६ असोज
कोभिड बाट प्रभावित व्यवसायीका लागि लक्षित गरेर योजना ल्याउन लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई व्यवसायीहरुले आग्रह गरेका छन् ।
संघको १३ औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको सम्मानमा लेखनाथका चारवटा संस्थाले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले व्यवसायीको पुनरुत्थान हुनेगरी संघले अल्प र दिर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले, नवनिर्वाचित समितिलाई राष्ट्रबैंकले जारी गरेको मौद्रिक नीतिबाट लाभान्वीत हुने व्यवसायीको बर्गिकरण गरी सहयोगमा सहजीकरण गरिदिन आग्रह गरे । उनले कोरोना पछि बिगतमा संघले अगाडी सारेका पर्यटन प्रवद्र्धन सहितका कार्यक्रम कार्यन्वयनका लागि जोड दिन समेत संघका नवनिर्वाचित कार्यसमितीलाई आग्रह गरे ।
लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले साविक लेखनाथ नगरपालिका हुँदा संघले पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाका कार्यक्रम अघि सारेको उल्लेख गर्दै, ती योजनालाई पूर्णता दिनका लागि संघ, प्रदेश र स्थानीय सरकारलाई घचघच्याउनु पर्नेमा जोड दिए । उनले लेखनाथमा संस्थागत एकताको बलले नै संघ नेपालकै उत्कृष्ट उद्योग बाणिज्य संघ हुन सफल भएको उल्लेख गरे ।
त्रिवेणी इन्टरनेशनल कलेज, सम्बृद्धि सहकारी संस्था एवं लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुमन भट्टराईले व्यवसायीहरुले राजनितिक आस्थाभन्दा पनि व्यवसायीकताका आधारमा नेतृत्व छनौट भएको उल्लेख गर्दै, सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा रहेका सम्पूर्ण सघंसंस्थाको सहकार्यमा संघले योजना तर्जुमा गर्ने बताए । उनले कोविडका कारण थलिएको व्यवसायलाई गतिशिल बनाउनु पर्ने चुनौती रहेको उल्लेख गर्दै, त्यसका लागि संघले सरकारी निकायसँग समन्वय गरेर अघि बढ्ने उल्लेख गरे ।
संचारकर्मी नबराज सापकोटाले सही कार्यक्रमका लागि मिडियाले सधै साथ दिने उल्लेख गर्दै, मिडियाले स्वस्थ आलोचना गर्दा नकरात्मक रुपमा लिन नहुने उल्लेख गरे ।
कार्यक्रममा त्रिवेणी इन्टरनेशनल कलेजका प्रिन्सिपल यदुराज आचार्यले कलेजबाट उत्पादित जनशक्तिलाई रोजगारीको सिर्जन गर्न आग्रह गरे ।
त्रिवेणी इन्टरनेशनल कलेज एवं सम्बृद्धि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णु बराल, पावर जिमका संचालक राजेश सुवाल, सम्बृद्धि सहकारी संस्थाका उपाध्यक्ष प्रमोद भण्डारी, सचिव नवराज तिवारी लगायतले व्यवसायीको पक्षमा काम गर्न संघको नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरेका थिए ।
लेखनाथका चारवटा संस्थाहरु त्रिवेणी इन्टरनेशल कलेज, सम्बृद्धि सहकारी संस्था लिमिटेड, लेखनाथ व्रोडकास्टीङ कम्पनी प्रालि र पावर जिमले नवनिर्वाति कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका थिए ।

Previous Post

सत्यता सहकारी नवौ बर्षमा

Next Post

तालचोक कृषि सहकारीको अध्यक्षमा न्यौपाने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
तालचोक कृषि सहकारीको अध्यक्षमा न्यौपाने

तालचोक कृषि सहकारीको अध्यक्षमा न्यौपाने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?